ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । यो सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ ।
यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न सक्नेछ ।
‘ट्राभल मेला २०२५ मार्फत हाम्रो उदेश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,’ ट्रिप टर्बोका संस्थापक शिखर प्रसाई भन्छन्, ‘विशेष छुटदेखि बैंकक गेटअवे जस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र ट्राभलको आनन्द लिन थप कारण दिइरहेका छौं ।’
ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूका साथ भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड र हाईग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड जित्न सक्छन् ।
अन्य पुरस्कारहरूमा बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात÷२ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ, फन ल्याण्ड आईस स्केटिङ पास जस्ता अरु धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्छन् ।
यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाईक) र अन्य धेरैमा ६ हजार ५०० सम्म छुट पाउन सकिन्छ । साथै विशेष फायर सेल अवधिमा बस र उडानमा ३०० रूपैयाँसम्म छुट पाउन सकिन्छ ।
ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्नो टिटि कोइन्स, ट्रिप टर्बोका लोयल्टी पोइन्टस्, प्रयोग गरेर विशेष छुट र फ्रीबीहरू पाउन सक्छन् ।
यसमा उडानमा रु. ३०० छुट, बसमा रु. १०० छुट, निःशुल्क क्यूएफएक्स चलचित्र टिकट, फूडमान्डू अर्डरमा रु. ५०० सम्म छुट, बिगमार्टमा रु. ५०० सम्म छुट र अल्टिमा प्रोडक्टस्मा रु. ७०० सम्म छुट पाउन सकिने छ ।
प्रयोगकर्ताहरूले हवाई बलुन राईड, प्याराग्लाइडिङ, एटीभी राईड, त्रिशूली भिल्ला बसाई र अन्यमा रु. १,३५० सम्म छुट पाउन पनि सक्छन् । यो अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुनेछन् ।