कीवर्डहरू -

ट्रिप टर्बोले जित्यो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५

ट्रिप टर्बोले जित्यो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५

ट्रिप टर्बो प्रालिले हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ ।

शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा ट्रिप टर्बोलाई यस वर्षको पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको हो । 

आइसिटी अवार्ड २०२५ का उत्कृष्ट १२ स्टार्टअप, १२ प्रडक्ट, १३ राइजिङ स्टार इन्नोभेसन र १३ सोसल इन्नोभेसनमध्येबाट सबैभन्दा धेरै पब्लिक भोट ल्याउन सफल ट्रिप टर्बोले पब्लिक च्वाइस आइसिटी अवार्ड जितेको छ ।

ट्रिप टर्बो अनलाइन ट्राभल एजेन्सी हो । सन् २०२१ मा स्थापना भएको यसबाट फ्लाइट टिकट, बस टिकट काट्नेदेखि विभिन्न एडभेन्चर क्रियाकलाप र इभेन्ट टिकटसम्म बुकिङ गर्न सकिन्छ । 

अहिलेसम्म ट्रिप टर्बो एप २ लाख ७० हजार बढी डाउनलोड भइसकेको छ भने ८० हजार बढी मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । कम्पनीमा ३५ जनाले रोजगारी पाएका छन् ।