कीवर्डहरू -

ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने

ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने

अमेरिकामा टिकटकको समय लम्बिन सक्ने भएको छ । ट्रम्पले भनेका छन् कि यदि बाइटडान्सले १९ जुनभित्र अमेरिकामा रहेको टिकटकको व्यापार बिक्री गरेन भने, उनले ब्यानको म्याद लम्ब्याउन सक्छन् । अर्थात् टिकटकलाई अमेरिका भित्र थप समय दिन सकिने संकेत दिएका छन् ।

ट्रम्पले सिधै भनेका छन् कि उनी टिकटक ब्यानको समयसीमा ७५ दिनसम्म बढाउन तयार छन् । एक मिडिया अन्तर्वार्तामा ट्रम्पले भने कि उनको मनमा “थोरै ठाउँ छ“ किनभने उनले ठूलो संख्यामा युवावर्गको मत पाएका छन् । यसको अर्थ उनी टिकटकको डिल पूरा भएको हेर्न चाहन्छन् । उल्लेखनीय कुरा के छ भने अमेरिकाको बाइडन प्रशासनले राष्ट्रिय सुरक्षा र प्राइभेसीको हवाला दिँदै बाइटडान्सलाई आफ्नो अमेरिकी कारोबार बिक्री गर्न निर्देशन दिएको थियो, र त्यसको डेडलाइन १९ जनवरी तोकिएको थियो ।

तर जनवरीमै ट्रम्प फेरि सत्तामा आएपछि उनले टिकटकमाथिको ब्यानलाई ७५ दिनका लागि हटाइदिए । यो समय टिकटकले अमेरिकी कारोबार बिक्री गरोस् भनेर दिइएको थियो । बाइटडान्सले त्यो समयमा बिक्री नगरेपछि ट्रम्प प्रशासनले फेरि ७५ दिनको थप समय दिएको हो ।

टिकटकको अमेरिकी कारोबार किन्नका लागि धेरै अमेरिकी कम्पनीहरू प्रतिस्पर्धामा छन् — अमेजन, परप्लेक्सिटी, एलन मस्कदेखि मिस्टर बिस्टसम्म । तर अहिलेसम्म कुनै डिल सम्पन्न भएको छैन् । भनिन्छ, चीन लगभग तयार थियो, तर ट्रम्पले चीनमाथि ट्यारिफ लगाएपछि सी जिनपिङ असन्तुष्ट बने र त्यसकै कारण डिलमा अवरोध आयो ।

टिकटक अमेरिकी युवावर्ग माझ अत्यन्त लोकप्रिय छ । थुप्रै अमेरिकी कन्टेन्ट क्रिएटर्सका लागि टिकटक आम्दानीको माध्यम पनि हो जसबाट उनीहरू ब्रान्ड प्रमोशन गरेर पैसा कमाउँछन् । ट्रम्पको निर्वाचन जितमा युवावर्गको महत्त्वपूर्ण भूमिका थियो, त्यसैले उनी टिकटकप्रति केही नरम देखिन्छन् । ट्रम्पसहित धेरैजसो अमेरिकीहरू चाहन्छन् कि टिकटक अमेरिका भित्र चलिरहोस् । तर त्यो तब मात्र सम्भव हुनेछ जब बाइटडान्स आफ्नो अमेरिकी कारोबार बेच्न सहमत हुनेछ ।