कीवर्डहरू -

त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने

त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने

त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ ।  गत वर्षदेखि नै सुरू भएको अनलाइन सेवा प्राविधिक कारणले गर्दा निरन्तर सञ्चालन हुन सकेको थिएन । 

तर अब भने त्रिभुवन विश्वविद्यालयले आफ्‌नै पद्धति तयार गरी वैशाख २ गतेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा संचालनमा ल्याएको हो । 

अन्य सेवाहरु क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेठ १५ गतेदेखि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवाहरु अनलाइनबाट संचालन गरिने बताइएको छ । 

अनलाइन फाराम भर्न student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फाराम भरी तोकिएको शुल्क संलग्न बैंक मार्फत अनलाइनबाट भुक्तानी गरी सबमिट गर्नु पर्नेछ । 

यसको लागि प्रारम्भिक चरणमा रजिष्ट्रेशन कार्डमा उल्लेख भए बमोजिम मार्कसीटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन विकल्पमा गएर सच्याएर सबमिट गर्नु पर्नेछ । 

अनलाइन वितरण गरिएका मार्कसीट बाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेलो सक्कल मार्कसीटमा फरक पर्न गए एप्लिकेसन आईडीको स्लिप र पहेंलो सक्कल र्माकसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ । 

यसरी फाराम अनलाइन माध्यमबाट सबमिट गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न सकिने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जानकारी दिएको छ ।