काठमाडौं । भारतीय चर्चित र्याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा TVS NTORQ आबद्ध भएको छ ।
मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा प्रस्तुत हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपाली हिप-हप पहिचानलाई प्रमुख स्थान दिइनेछ ।
कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । स्थापित र्यापरदेखि नयाँ प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिने उद्देश्य राखिएको छ ।
युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र आत्मविश्वाससँग जोडिएको ब्रान्डका रूपमा TVS NTORQ ले नेपाली हिप-हप संस्कृतिको प्रवर्द्धनमा सहकार्य गर्न कार्यक्रमको टाइटल स्पोन्सर बनेको जनाइएको छ ।
‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित सञ्चालन हुने ‘Hustle by NepHop’ ले नेपाली हिप-हप प्रतिभालाई राष्ट्रिय मञ्च उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी भनेपछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
आईसीटी समाचार