कीवर्डहरू -

ट्विटरको चर्चित ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री

ट्विटरको चर्चित ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री

ट्विटरको चर्चित ब्लू बर्ड लोगो आरआर अक्सनमा ३४ हजार ३७५ डलरमा बिक्री भएको छ । एलन मस्क ट्विटर (अहिलेको एक्स) को मालिक बनेर एक्समा नाम परिवर्तन गरेपछि ब्लू बर्ड लोगो कम्पनीको अघिल्लो स्यान फ्रान्सिस्को हेडक्वार्टरबाट हटाइएको थियो ।

लोगोको तौल ५६० पाउन्ड (२५४ किलोग्राम) थियो । आरआर अक्सनले ‘दुर्लभ र संग्रहणीय वस्तुहरू’ मा कारोबार गर्ने काम गर्दै आएको छ । यद्यपि, कम्पनीले खरिदकर्ताको पहिचान भने खुलाएको छैन् ।

टेस्लाका सीईओ मस्कले २०२२ मा ४४ अर्ब डलरमा एक्स (पहिलेको ट्विटर) किनेका थिए । तर, फिडेलिटी इन्भेस्टमेन्ट्सजस्ता लगानीकर्ताहरूले अधिग्रहणपछि विज्ञापनदाताहरूलाई टिकाइ राख्न ट्विटरले भोगेको समस्याका कारण आफ्नो लगानीको मूल्यमा भारी गिरावट गरेका थिए ।

मस्कको लक्ष्य ट्विटरलाई ‘एभरीथिङ एप’ मा रूपान्तरण गर्नेछ । त्यसै अनुसार उनले ट्विटरलाई एक्समा परिवर्तन गरेका थिए । ब्लूमबर्गको फेब्रुअरी रिपोर्टअनुसार एक्स सामाजिक सञ्जाल प्लेटफर्मले लगानीकर्ताहरूबाट ४४ अर्ब डलर संकलन गर्ने विषयमा छलफल गरिरहेको छ ।

यी चर्चाहरू त्यतिबेला भएएको थियो, जतिबेला डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति चुनावमा विजयपछि मस्कका अन्य व्यवसायहरूको मूल्य आकाशिएको थियो ।

मस्कले यसअघि पनि ट्विटरका विभिन्न वस्तुहरू बिक्रीका लागि राखेका थिए, जसमा लोगो, सम्झनालायक वस्तुहरू, अफिस फर्निचर र किचनवेयर जस्ता सामान्य वस्तुहरू समावेश थिए ।

यसअघि एप्पल–१ कम्प्युटर, एक्सेसरीहरूसहित ३ लाख ७५ हजार डलरमा, स्टिभ जब्सले १९७६ मा साइन गरेको चेक १ लाख १२ हजार ५४ डलरमा र पहिलो पुस्ताको आईफोन ८७ लाख ५१४ डलरमा बिक्री भएको थियो ।