आइसिटी अवार्ड २०२५ को लागि केहि विधाहरुमा नोमिनेसन र केहिमा विभिन्न चरणको छनौट प्रकृया जारी छ ।
क्याटेगोरी ए अन्तर्गत दोश्रो चरणको छनौट पश्चात विभिन्न ४ विधामा उत्कृस्ट १२ र १३ सार्वजनिक भएको छ । स्टार्टअप र प्रडक्ट आइसिटी अवार्डमा उत्कृष्ट १२ को छनौट भएको छ भने राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन आइसिटी अवार्डमा उत्कृष्ट १३ को छनौट भएको छ ।
१४ जना विज्ञ जुरी सदस्यहरुले आवेदनकर्ताको प्राप्त डकुमेन्ट, वेबसाइट, सिस्टम तथा एप्लिकेसनहरुको अध्ययन पश्चात व्यवस्थित डिजिटल प्रणाली मार्फत दिइएको भोटको आधारमा ४ विधामा सेमिफाइनलिस्ट छनौट गरिएको हो ।
यस पश्चात सेमिफाइनलिस्टले यि विधाहरुमा उत्कृष्ट ५ फाइनलिस्टको लागि विभिन्न प्रि इभेन्ट र ग्राण्ड जुरीमा प्रिजेन्टेसन तथा स्पिड डेटिङको सामना गर्नुपर्ने हुन्छ । पहिलो चरणमा प्राप्त आवेदनहरुलाई सर्टलिस्टेड गरी थप छनौटको लागि १४ जना विज्ञ जुरीहरुले १५ दिनको समयावधिमा ग्राण्ड जुरीको लागि सेमिफाइनलिस्ट सार्वजनिक गरिएको हो ।
यि विधाहरु वाहेक क्याटेगोरी सि अन्तर्गत सस्थागत विधाहरुको अवार्डको छनौट प्रकृया सञ्चालनमा रहेको छ भने क्याटेगोरी बि अन्तर्गत व्यत्तिगत अवार्ड विधाहरुको नोमिनेसन जारी छ । दक्षिण एसियाली देशहरुको लागि लक्षित साउथ एसिया स्टार्टअप र प्रोभिन्स स्टार्टअप रिकग्निसनको लागि समेत नोमिनेसन प्रकृया अन्तिम चरणमा रहेको छ ।
उत्कृष्ट १२ स्टार्टअपहरु छनौटमा परेका उत्कृष्ट १२ स्टार्टअपहरुमा र्आक्बो टेक्नोलोजिज, एटिएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल रहेका छन । यसैगरी इलाट्स लजिस्टिक, फास्टो नेपाल, माच ट्वान्टी फोर अर्विट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोर्टस रहेका छन ।
उत्कृष्ट १२ प्रडक्टहरु छनौट भएका उत्कृष्ट १२ प्रडक्टहरुमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डिडब्ल्युएम, आइएलटिएस पल्स, आइफाभेन्ड, लुंगा इकमर्श विथ इआरपी रहेका छन । यसैगरी मिरागो, माइ क्युआर, क्युक सिसिए, टुना डायरी इआरपी, वायुदृष्टी पनि उत्कृष्ट १२ को सुचीमा पर्न सफल भएका छन ।
उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरु उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरुमा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थकेयर, कानुन एआई रहेका छन । यसेगरी माइण्ड ब्रिज, पि सेतु, फुलवारी, प्ले काउण्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक, भक्स भिजन इन्नोभेसनहरु पनि उत्कृष्ट १३ का सुचिमा रहेका छन ।
उत्कृष्ट १३ सोसियल इन्नोभेसनहरु सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२५ को लागि उत्कृष्ट १३ मा पर्न सफल इन्नोभेसनहरुमा छौगोे जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्युसि नेपाल, कताहो डिजिटल एड्रेस रहेका छन । यसैगरी आइडिएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक, वायुदृष्टी पनि उत्कृष्ट १३ को सुचीमा रहेका छन ।
उत्कृस्ट १२ को छनौट पश्चात सेमिफाइलिस्टले स्टार्टअप एण्ड आइडिया फेस्ट, मेन्टरिङ सेसन, ग्राण्ड जुरी सेसन लगायतमा सहभागी जनाउनेछन । विशेष टेलिभिजन शो अन्तर्गत सेमिफाइनलिस्टले गरेको पिचिङ तथा स्टोरीलाई विभिन्न ५ एपिसोडमा प्रशारण गरिनेछ । अन्य विधाहरुमा पनि विभिन्न ३ देखि ४ चरणको छनौट प्रकृया सञ्चालन हुनेछ ।
विधा बि अन्तर्गत ब्यप्तिगत अवार्ड विधाहरु(बि)मा योनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । विधा सि अन्तर्गत सस्थागत अवार्ड विधाहरुमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरु रहेका छन् ।
छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका ४ जना जुरी सदस्य रहेका छन् भने १५ जनाको बिशिस्ट सल्लाहकार समित गठन भएको छ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्य रहेको छ । अवार्ड सम्वन्धी विस्तृत जानकारीको लागि www.ictaward.org हेर्न सकिनेछ ।