अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा प्रदायकले निःशुल्क स्टोरेज सुविधा थोरै दिन्छन् र बढी स्टोरेजका लागि शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।
गूगल ड्राइभ, वान ड्राइभ, आई क्लाउड, ड्रप बक्स केही उदाहरण हुन् । तर अब नेपाली क्लाउड स्टोरेज सेवा प्रदायक उनेल्मा क्लाउड १५० जीबीसम्मको स्टोरेज निःशुल्क उपलब्ध गराउने भएको छ ।
उनेल्मा प्लेटफर्मले सञ्चालन गरिरहेको उनेल्मा क्लाउडमा १५० जीबीसम्म निःशुल्क स्टोरेज पाइन्छ, जहाँ आफ्नो फोटो, भिडियो वा फाइलहरू राख्न सकिन्छ ।
१५० जीबीभन्दा बढी स्टोरेज आवश्यक परे शुल्क भुक्तानी गर्नुपर्नेछ । उनेल्मा क्लाउड ल्यापटप, मोबाइल र ट्याबलेटबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । गूगल प्ले स्टोर र एप स्टोरमा एप उपलब्ध रहेको छ । यसमा राखिएका फाइलहरू आफुले चाहेको व्यक्तिलाई अरूलाई शेयर गर्न समेत सकिने छ ।
पछिल्लो समय धेरै विद्यार्थीको रोजाइमा उनेल्मा क्लाउड पर्दै गएको छ । सुरक्षाका हिसाबले पनि उनेल्मा क्लाउड सुरूक्षित भएको कम्पनी दावी छ । यसमा सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसनका साथै ईण्ड टु ईण्ड इन्क्रिप्सन सुविधा समेत रहेको छ । उनेल्मा क्लाउडबाट फाइलहरू फास्ट ट्रान्सफर हुने समेत कम्पनीको भनाइ छ ।