चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलको दोस्रो तलामा युएनभीको भव्य शोरूम सञ्चालनमा आएको हो ।
बुधबार भाटभटेनीका संस्थापक मिन बहादुर गुरूङ र युएनभीका दक्षिण एशिया निर्देशक स्टेफेन टाङले संयुक्त रूपमा शोरूमको उद्घाटन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ्गले यस टिमसँग १६ वर्षदेखि डिजिटल सोलुसन लिइरहेको जानकारी दिदै भविष्यमा अझै नयाँ प्रविधिहरूमा सहकार्य गर्न इच्छुक रहेको बताए ।
त्यस्तै यूएनभीका दक्षिण एसिया निर्देशक स्टेफन टाङले नेपालीहरू दक्षिण एशियामै व्यवसायीक रूपमा इमान्दार र मेहेनती भएको प्रशंशा गर्दै आफुहरूको नेपालको प्रविधि क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताएका छन् ।
शोरूममा युएनभी कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम, अटोमेटिक डोरक सिस्टम, एटेन्डेन्स फेस रिकग्नेसन सिस्टम, भिडियो इन्टरकम सिस्टम, स्मार्ट इन्टर्याकिभ बोर्ड लगायत डिजिटल सेक्युरिटीका सबै प्रडक्ट र सेवा उपलब्ध हुने यूएनभी स्टोरका निर्देशक हरिराम रिमालले बताए ।
त्यसैगरी निकट भविष्यमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा समेत सहकार्यको लागि छलफल भइरहेको रिमालको भनाइ छ ।
उद्घाटनको दिन ४०० भन्दा बढीले स्टोरको अवलोकन गरेका थिए । १५० भन्दा धेरै डिलरहरूमार्फत युएनभीका प्रडक्ट देशैभर उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिन थप विस्तार गर्दै जाने कम्पनीको भनाइ छ ।
स्टोर सञ्चालनमा आएको अवसरमा युएनभीका प्रायः सबै उत्पादनमा २० प्रतिशत समेत छुट उपलब्ध गराइएको छ ।