कीवर्डहरू -

दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

दराजको दशैं धमाका योजनाका सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । 

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १,५०० रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकताको आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ । यो योजना असोज २१ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।