कीवर्डहरू -

कुमारी बैंकको मोबाइल बैंकिङबाट भिजन कार्टमा भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट

कुमारी बैंकको मोबाइल बैंकिङबाट भिजन कार्टमा भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशतसम्म छुट (अधिकतम रू.४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइने जनाइएको छ ।  

कुमारी बैंकको डेबिट, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले छुटको फाइदा उठाउन सक्ने छन् । साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईने बैंकले जनाएको छ।