कीवर्डहरू -

अपस्किल्सले सुरू गर्‍यो डिजिटल मार्केटिङ कोर्ष, एआई कोर्ष पढाउन प्रिक्सासँग सहकार्य गर्ने

अपस्किल्सले सुरू गर्‍यो डिजिटल मार्केटिङ कोर्ष, एआई कोर्ष पढाउन प्रिक्सासँग सहकार्य गर्ने

अपस्किल नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कार्यक्रम सुरु गरेको छ । अपस्किल्स नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कोर्ष सञ्चालन गर्ने भएको छ ।

अपस्किल्स नेपालले प्रोफेसनल र मार्केटर बन्न चाहनेका लागि ३ महिने कोर्ष डिप्लोमा इन डिजिटल मार्केटिङ सञ्चालन गर्ने भएको हो । यस कोर्षको प्रशिक्षकको रूपमा प्रज्वल कार्कीको नेतृत्वमा अन्य २ अतिरिक्त प्रशिक्षक रहेका छब् । उनीहरूसँग यस क्षेत्रको २० वर्षको अनुभव रहेको छ । 

यो कोर्सले ह्यान्ड्स अन अनुभव प्रदान गर्ने र ३ महिनाको इन्टर्नशिप, रोजगारीका लागि सहयोग र CV लेखन र व्यापार पिचिङ कभर गर्ने कमपनीको दावी छ । कोर्ष अनलाइन र अफलाइन दुवै माध्यमबाट पढ्न सकिने छ । 

बाहेक अप्स्किल्स नेपालले एचआर प्रशिक्षण पनि प्रदान दिने जनाएको छ । अपस्किल्स नेपालकी संस्थापक सृष्टि खड्काले गुणस्तरीय शिक्षाको साथ डिजिटल रूपमा सफल हुन नेपाल र विश्वव्यापी रूपमा व्यक्तिहरूलाई सशक्त बनाउने लक्ष्य राखेको बताइन । 

अपस्किल्स नेपालले एआई, आईओटी, ब्लकचेन, पाइथन विथ डाटा साइन्स एन्ड एलएलएम कोर्ष सञ्चालनका लागि पनि प्रिक्सा टेक्नोलोजीजसँग सहकार्य गर्ने जनाएको छ ।