कीवर्डहरू -

फोनपे डाइरेक्टबाट पैसा तिर्दा आईफोन १५ जित्न सकिने

फोनपे डाइरेक्टबाट पैसा तिर्दा आईफोन १५ जित्न सकिने

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले नयाँ अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ’ को घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर र व्यक्तिगत क्युआरमार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । 

यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ ।यो अभियान २ महिनासम्म अर्थात भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ । 

यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपे डाइरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड ‘Fonepay Direct’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनपे डाइरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा  ट्रान्सफर गर्नु पर्नेछ ।

फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले फोन पे डिरेक्टलाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताए । फोनपे डिरेक्टबाट एक बैंकबाट अर्को बैंकमा कसरी पैसा पठाउन सकिन्छ भन्ने कुराको सिकाईलाई ग्राहकहरु माझ थप उजागर गर्ने यस अभियानको मुख्य उद्देश्य हो ।

फोनपेले सँधै आफ्नो ग्राहकहरूको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता दिन्छ र उच्च स्तरको एन्क्रिप्शन र प्रमाणीकरण प्रोटोकलहरू समावेश गरेर मोबाइल नम्बर मात्र प्रयोग गरेर सुरक्षित र संरक्षित रकम ट्रान्सफरलाई सुनिश्चित गर्दछ ।