कीवर्डहरू -

नयाँ फिचर्सका लागि मात्रै प्रयोगकर्ताहरूले आफ्नो आईफोनलाई अपग्रेड गर्छन् ? यस्तो भन्छ अध्ययन

नयाँ फिचर्सका लागि मात्रै प्रयोगकर्ताहरूले आफ्नो आईफोनलाई अपग्रेड गर्छन् ? यस्तो भन्छ अध्ययन

स्मार्टफोन निर्माताहरूले हरेक वर्ष नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका हुन्छन् । केही दिन अगाडि मात्रै एप्पलले पनि आईफोन १६ सार्वजनिक गरेको थियो । 

आईफोन १६ सार्वजनिक भइसकेपछि कत्ति प्रयोगकर्ताले आफ्नो आईफोनलाई अपग्रेड गर्न चाहन्छन् होला ? तपाईको उत्तर हुन सक्छ, धेरै । 

तर कन्जुमर इन्टेलिजेन्स रिसर्च पार्टनर (सीआईआरपी) ले गरेको अध्ययन अनुसार १८ प्रतिशत नागरिकले मात्रै फिचरहरूका आधारमा आईफोन अपग्रेड गर्ने विचार व्यक्त गरेका छन् । 

यो अध्ययनले आईफोनमा आउने नयाँ फिचरहरू मात्रै पुराना प्रयोगकर्तालाई नयाँ आईफोनमा आकर्षित गर्न प्रर्याप्त नहुने देखाएको छ । 

सीआईआरपीको अध्ययनमा सर्वेक्षणमा सहभागी भएका १८ प्रतिशतले मात्रै फिचरको आधारमा आफ्नो फोन आईफोन १६ मा अपग्रेड गर्न चाहेका छन् । 

सर्वेक्षणमा फोन कति पुरानो छ ? भौतिक क्षति भएको छ वा छैन् ? फोन हराएको छ वा चोरी भएको छ ? नयाँ फिचरमा पहुँच गर्न चाहनुहुन्छ की हुँदैन् ? जस्ता खुलामुखी प्रश्नहरू सोधिएको थियो । 

सर्वेक्षणमा सहभागी करिब ४४ प्रतिशतले फोनमा केही गडबडी भए, राम्रोसँग काम नगरे वा फोनको आयु सकिएपछि मात्रै आईफोन अपग्रेड गर्ने प्रतिक्रिया दिएका थिए । 

त्यसबाहेक २९ प्रतिशतले भौतिक रूपमा नै फोनमा कुनै गडबडी भए अपग्रेड गर्ने बताएका थिए । साथै १ प्रतिशतले परिवार र साथीसँग भएकै कारण आईफोन अपग्रेड गर्ने प्रतिक्रिया दिएका थिए । 

मानिसहरू फेन्सी नयाँ क्यामेरा, शक्तिशाली एआई, राम्रो स्क्रिन वा राम्रो साउन्ड जस्ता फिचरबाट प्रभावित भएर भन्दा पनि फोनको अवस्था अनुसार अपग्रेड गर्ने देखिएको छ ।