कीवर्डहरू -

ह्वाट्सएपमा युजरनेम सिस्टम: अब मोबाइल नम्बर नदिई च्याट गर्न सकिने

ह्वाट्सएपमा युजरनेम सिस्टम: अब मोबाइल नम्बर नदिई च्याट गर्न सकिने

ह्वाट्सएप लामो समयदेखि एक निशुल्क म्यासेजिङ सेवा हो, जसले हरेक वर्ष केही न केही नयाँ र उपयोगी फिचरहरू ल्याउने गर्दछ । चाहे त्यो ’डिसअपियरिङ म्यासेज’ होस्, ’च्याट लक’ होस् वा ’कम्पेनियन डिभाइस सपोर्ट’, एपले लगातार प्रयोगकर्ताहरूको आवश्यकताअनुसार आफूलाई अपडेट गरिरहन्छ । अब ह्वाट्सएप एक नयाँ ठूलो प्राइभेसी अपडेट ल्याउने तयारीमा छ, जसले यसको प्रयोग गर्ने तरिका नै पूर्ण रूपमा परिवर्तन गर्न सक्छ ।

ह्वाट्सएप अहिले यस्तो फिचरमा काम गरिरहेको छ, जसले प्रयोगकर्ताहरूलाई आफ्नो मोबाइल नम्बर लुकाउन सक्ने सुविधा दिनेछ । यसका लागि ‘युजरनेम सिस्टम’ ल्याइँदैछ । यो फिचर आएपछि तपाईंले आफ्नो नम्बर नदेखाई कसैसँग पनि केवल युजरनेमको माध्यमबाट कनेक्सन गर्न सक्नुहुनेछ । हाल यो फिचर बीटा भर्सनमा परीक्षणको चरणमा रहेको छ भन्ने जानकारी वाबटा इन्फो मार्फत दिइएको हो । यो फिचर चाँडै नै सार्वजनिक प्रयोगकर्ताका लागि पनि रोल आउट गरिनेछ ।

नयाँ फिचर कसरी काम गर्छ?

प्रयोगकर्ताहरूले ह्वाट्सएपमा एक यूनिक युजरनेम बनाउने विकल्प पाउनेछन् । युजरनेममा कम्तीमा एक अक्षर अनिवार्य हुनेछ, र यो “डब्लुडब्लुडब्लु” बाट सुरु हुँदैन् ।

युजरनेममा साना अक्षर (lowercase letters), नम्बर, अन्डरस्कोर (_) र पिरियड (.) मात्र प्रयोग गर्न पाइनेछ ।

युजरनेम बनिसकेपछि एक ’कन्फेटी एनिमेसन’ पनि देखिनेछ ।

यदि तपाईंले पछि युजरनेम परिवर्तन गर्नु भयो भने, च्याटमा एक सिस्टम म्यासेज जानेछ जसले अन्य प्रयोगकर्तालाई जानकारी दिनेछ — जस्तै अहिले प्रोफाइल पिक्चर वा नम्बर परिवर्तन हुँदा देखिन्छ ।

हालसम्मको जानकारीअनुसार, यो स्पष्ट भइसकेको छैन कि तपाईंले आफ्ना सम्पूर्ण कन्ट्याक्टहरूबाट नम्बर लुकाउन सक्नुहुन्छ कि सक्नुहुन्न् । तर, यदि कुनै नयाँ व्यक्ति तपाईंलाई ह्वाट्सएपमा सिधा सम्पर्क गर्छ र उसँग तपाईंको नम्बर छैन भने, उसले केवल तपाईंको युजरनेम मात्र देख्न सक्नेछ ।

ह्वाट्सएपले यस फिचरसँगै एक नयाँ टुल पनि ल्याउने तयारीमा छ, जसबाट तपाईं चेक गर्न सक्नुहुनेछ कि कुनै युजरनेम उपलब्ध छ कि छैन् । भविष्यमा यो फिचरह्वाट्सएप वेबमा पनि उपलब्ध हुन सक्छ ।

हालसम्म यो फिचरको आधिकारिक लञ्च मिति सार्वजनिक गरिएको छैन, तर यो अन्तिम परीक्षण चरणमा पुगेको जनाइएको छ । एकपटक यो फिचर सार्वजनिक भएपछि, प्रयोगकर्ताहरूले व्यक्तिगत जानकारी नखुलाइ अरूसँग सुरक्षित रूपमा कनेक्ट हुन सक्ने सुविधा पाउनेछन् ।