कीवर्डहरू -

भैरव टेकले सार्वजनिक गर्‍यो ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण, यस्ता छन् सुविधा

भैरव टेकले सार्वजनिक गर्‍यो ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण, यस्ता छन् सुविधा

नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेकले ट्राइडेन्ट एसआईईएम (Trident SIEM) नयाँ संस्करण को सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो एकीकृत सुरक्षा अपरेसन सेन्टर (SOC) प्लेटफर्म ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण सार्वजनिक गरेको हो ।  

यो प्लेटफर्मले संस्थाहरूलाई सम्भावित खतरा पहिचान, द्रुत प्रतिक्रिया र अनुपालन सरल बनाउन मद्दत गर्नेछ । यसले हाइब्रिड इन्फ्रास्ट्रक्चर, मल्टिकलाउड वातावरण, साइबर सुरक्षा विशेषज्ञको कमी र बढ्दो नियामक मागलाई समाधान गर्ने गरी एकीकृत प्लेटफर्म उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

यसमा SIEM, UEBA, SOAR, CTI, EDR र vulnerability assessment जस्ता सुविधा समावेश छन्। भैरव टेकका प्रमुख कार्यकारी अधिकृत (CEO) विजय लिम्बु सेन्हाङले नेपाल विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने साइबर सुरक्षा उत्पाद बनाउन सक्षम भएको प्रमाणित गरेको दावी गरे । ‘ट्राइडेन्ट एसआईईएम नेपाली साइबर सुरक्षा विज्ञहरूले विकास गरेको हो, जसले विश्वभरका संस्थाहरूलाई सुरक्षित राख्ने लक्ष्य राखेको छ,’ उनले भने । 

यस बारे भैरव टेकका प्रमुख प्रविधि अधिकारी (CTO) सुलभ खनालले ट्राइडेन्ट एसआईईएममार्फत पूर्ण एसओसी प्लेटफर्म उपलब्ध गराएको जानकारी दिए । यसले टिमलाई छिटो खतरा पत्ता लगाउन, अनुसन्धान गर्न र प्रतिक्रिया दिन सक्षम बनाउँछ, साथै कडा नियामक आवश्यकताहरू पनि पूरा गर्ने उनको भनाइ छ । 

ट्राइडेन्ट एसआईईएममा एडब्लुएस क्लाउड, अजुरे, सास एप्स, डेटाबसे, फाइयरवाल, ओक्ता लगायत ५०० बढी प्लेटफर्म एकीकृत गरिएको छ । सास, सम्बन्धित स्तानमै वा हाइब्रिड मोडलमा डिप्लोयमेन्टको सुविधा समेत रहेको छ । साथै भैरव टेक विज्ञ टोलीले २४ सै घण्टा सहयोग समेत उपलब्ध गराउने छ । ट्राइडेन्ट एसआईईएम साना तथा मझौला व्यवसाय र इन्टरप्राइजको लागि उपयोगी हुनेछ ।