कीवर्डहरू -

भैरव टेक्नोलोजीले सार्वजनिक गर्‍यो ट्राइडेन्ट जीआरसी प्लेटफर्म

भैरव टेक्नोलोजीले सार्वजनिक गर्‍यो ट्राइडेन्ट जीआरसी प्लेटफर्म

भैरव टेक्नोलोजीले ट्राइडेन्ट जीआरसी प्लेटफर्म सार्वजनिक गरेको छ ।

छैठौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ट्राइडेन्ट जीआरसी नामक नयाँ पुस्ताको प्लेटफर्म सार्वजनिक गरेको हो ।

 ट्राइडेन्ट जीआरसीले व्यवसायहरूलाई साइबर जोखिम व्यवस्थापन र अनुपालन प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । 

यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सुरक्षा नियमहरू पालना गर्न सजिलो बनाउने कम्पनीले जनाएको छ । 

ट्राइडेन्ट जीआरसीले व्यवसायहरूलाई स्थानीय तथा अन्तर्राष्ट्रिय नियामक आवश्यकताहरू पूरा गर्न, जोखिम न्यूनीकरण गर्न, र सुरक्षा स्थितिलाई मजबुत बनाउन सहयोग गर्नेछ ।