कीवर्डहरू -

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

सरकारले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज गरेको बताएका हुन् । 

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको पौडेलले बताए ।