कीवर्डहरू -

भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने

भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने

एडोबले आफ्नो लोकप्रिय भिडियो एडिटिङ सफ्टवेयर प्रिमियरलाई नि:शुल्क रूपमा आइफोनमा ल्याउने घोषणा गरेको छ। यससँगै सामग्री निर्माताले अब प्रत्यक्ष रूपमा टिकटक, युट्युब शर्ट्स वा इन्स्टाग्राममा एउटा मात्र ट्यापमा भिडियो एक्सपोर्ट गर्न सक्नेछन्।

डेस्कटप प्रयोगकर्तालाई परिचित बहु-ट्र्याक टाइमलाइन र कोर फिचरहरू मोबाइलमा समेत उपलब्ध हुनेछन् । प्रयोगकर्ताले भिडियो काट्ने–जोड्ने, प्रत्येक फ्रेमसम्म मिलाउने र अनगिन्ती भिडियो, अडियो वा टेक्स्ट लेयर थप्ने सुविधा पाउनेछन्। 

प्रिमियरले फोरके एचडीआर फोरके एचडीआर फुटेज सहज रूपमा एडिट गर्न सक्नेछ, साथै एडोब लाइटरुमका कलर प्रिसेट्स प्रयोग गरेर भिडियोलाई अझ आकर्षक बनाउन सकिनेछ। अन्तिम नतिजालाई विभिन्न प्लेटफर्ममा पोस्ट गर्न मिल्ने गरी आकार गर्न पनि सकिनेछ।

एडोबका अनुसार यी सबै आधारभूत सुविधाहरू पूर्ण रूपमा नि:शुल्क हुनेछन्—कुनै पनि विज्ञापन वा वाटरमार्क बिना । यो कदम विशेषगरी प्रतिस्पर्धा लक्षित छ, किनकि टिकटकको अभिभावक कम्पनीसँग सम्बन्धित क्यापकट जस्ता नि:शुल्क सम्पादन एपहरू लोकप्रिय हुँदै गएका छन्। 

यसैगरी इन्स्टाग्रामले पनि यसै वर्ष आफ्नै नि:शुल्क भिडियो एडिटर सार्वजनिक गरेको छ। तर, एडोबले एप भित्र एआई-सक्षम अपग्रेड पनि उपलब्ध गराउनेछ ।

प्रयोगकर्ताले जनरेटिभ एआई क्रेडिट खरिद गरेर साउन्ड इफेक्ट बनाउन, आवाज सुधार गर्न, वा एडोब फायरफ्लाइमार्फत बनेका एआई एसेट प्रयोग गर्न सक्नेछन् । थप क्लाउड स्टोरेज सुविधा पनि सदस्यतामार्फत खरिद गर्न पाइनेछ । एप स्टोरले ७.९९ अमेरिकी डलर प्रति महिना वा ६९.९९ अमेरिकी डलर प्रति वर्षमा इन-एप सुविधा खरिद गर्न सकिने छ । 

Adobe Premiere: Video Editor एप अहिले नै एप स्टोरमा प्रि-सेभ गर्न सकिन्छ, र यसको औपचारिक रिलिज मिति सेप्टेम्बर ३० तोकिएको छ। एडोबले प्रिमियरको एन्ड्रोइड संस्करण पनि विकास भइरहेको जनाएको छ।