सामाजिक सञ्जाल टिकटकले सन् २०५ को दोस्रो त्रैमासिकमा नेपालका २४ लाख बढी भिडियोहरू हटाएको छ । टिकटकले तीन महिनाको अवधिमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने नेपालका २४ लाख ७६ हजार ३४५ भिडियोहरू हटाएको हो ।
नेपालमा टिकटकले सक्रिय रूपमा हटाएका भिडियोहरूको अनुपात ९९.८% रहेको छ, जसमा ९८.४% भिडियोहरू २४ घण्टाभित्र हटाइएका थिए।
विश्वव्यापी रूपमा, टिकटकले यस त्रैमासिकमा कुल १८९ मिलियन (१८९,५७८,२२८) भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका सबै कन्टेन्टको करिब ०.७% हो। हटाइएका भिडियोहरूमध्ये १६३,९६२,२४१ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिबाट पत्ता लगाइएका थिए भने ७,४५७,३०९ भिडियोहरू रिभ्युपछि पुनःस्थापित गरिएका थिए।
टिकटकको विश्वव्यापी सक्रिय हटाउने दर ९९.१% रहेको छ र ९४.४% फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए। यस अवधिमा टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्नका लागि ७६,९९१,६६० नक्कली खाताहरू र १३ वर्षभन्दा कम उमेरका शंकास्पद २५,९०४,७०८ खाताहरू पनि हटाएको छ।
रिपोर्ट अनुसार, हटाइएका कुल भिडियोहरूमध्ये ठूलो हिस्सा, ३०.६% भिडियोहरूमा संवेदनशील वा वयष्क थिमहरू छन्, जसले टिकटकको कन्टेन्ट पोलिसीहरू उल्लङ्घन गरेका थिए।
थप १४.०% भिडियोहरूले सुरक्षा र सभ्यता मापदण्ड तोडेका, ६.१% ले गोपनीयता र सुरक्षासम्बन्धी गाइडलाइन्स उल्लङ्घन गरेका थिए। साथै, ४५.०% लाई गलत सूचनाका रूपमा फ्ल्याग गरिएको थियो भने २३.८% भिडियोहरू सम्पादित वा एआई-जेनेरेटेड कन्टेन्टका रूपमा पाइएको थियो।
२०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालका १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू टिकटकले हटाएको थियो ।
आईसीटी समाचार