कीवर्डहरू -

माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र पोस अक्वायरिङ सर्भिसबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र पोस अक्वायरिङ सर्भिसबाट सम्मानित

माछापुच्छ्रे बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ।

भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई उक्त दुई अर्वाडहरू प्रदान गरिएको हो।

बैंक भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पिओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरिएको बताइएको छ।

हाल बैंकले स्मार्ट बैंकको नारासहित डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरू थप गर्दै आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आइरहेको छ। 

बैंकले नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो ‘स्मार्ट बैंक’ को रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढाइरहेको छ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत् १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।