कीवर्डहरू -

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन् फिचर

भिभो वाई २८ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा भिभो वाई २८ सार्वजनिक गरिएको हो । 

६.६८ इन्च एलसीडी डिस्प्ले रहेको फोनमा ६००० एमएएच ब्याट्री रहेको छ । भिभो वाई २८ मा ९० हर्ट्ज रिफ्रेश रेट र हाई ब्राइटनेस मोड भएको सनलाइट आई प्रोटेक्शन स्क्रिन छ ।

फोन ४४ वाट फ्ल्यास चार्ज पनि छ । ब्याट्री हेल्थमा चार वर्षको ग्यारेन्टी भएको कम्पनीले जनाएको छ ।

यसको स्क्रिनमा टीयूभी राइनल्याण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि समेटिएको छ , जसले आँखालाई हानिकारक निलो प्रकाशबाट सुरक्षा प्रदान गर्नेछ । 

डुअल स्टीरियो स्पिकरको साथ ३०० प्रतिशत अडियो बूस्टर सुविधा पनि रहेको भिभो वाई २८ ले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्ने दावी कम्पनीको छ ।

भिभो वाई २८ मा रहेको ५० एमपी एचडी मुख्य क्यामेरा राखिएको छ । साथै सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । फोनमा ८ जीबी र्‍याम बुस्टरको समेत सुविधा रहेको छ । 

भिभो वाई २८ जुलाई ४ देखि सबै भिभो रिटेल स्टोरहरूमा र अनलाइन दराजमार्फत उपलब्ध हुनेछ । ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य २४ हजार ९९९ रूपैयाँ र ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भिभो वाई २८ को मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।