कीवर्डहरू -

भिभोबुक एस १४ सिरिजका ल्यापटप नेपालमा

भिभोबुक एस १४ सिरिजका ल्यापटप नेपालमा

प्रख्यात प्रविधि ब्रान्ड असुसले आफ्नो नयाँ भिभोबुक एस १४ (S3407CA/VA) सिरिजको ल्यापटप नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि असुसको आधिकारिक वितरक नागमणी इन्टरनेसनलले उक्त मोडेल नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ।

भिभोबुक एस १४ सिरिजका ल्यापटपहरू स्टाइलिश डिजाइन, पातलो र हलुका संरचनाका साथ उच्च प्रदर्शन दिने गरी तयार पारिएको छ। यी ल्यापटपहरू इन्टेल कोर अल्ट्रा सेभेनसम्मका प्रोसेसर, १६ जीबी डिडिआर फाइभ र्‍याम, १ टिभी एसएसडी र ७० वाट ब्याट्रीका साथ आउँछन्, जसले २० घण्टासम्मको ब्याट्री ब्याकअप दिन्छ।

यसमा माइक्रोसफ्ट कोपाइलट पहुँचको लागि छुट्टै ‘Copilot Key’ दिइएको छ। साथै, असुसको एआई न्वाइज क्यान्सिलेसन तथा ३ डीएनआर भिडियो प्रविधिले अनलाइन मिटिङ र भिडियो कलको गुणस्तरलाई अझ सुधार गर्नेछ । 

भिभोबुक एस १४ मा १४-इन्चको WUXGA ओएलईडी वा 144Hz आईपीएस डिस्प्ले विकल्प उपलब्ध छ, जसले काम, अध्ययन र मनोरञ्जनका लागि सशक्त दृश्य अनुभव प्रदान गर्छ। डल्बी एटमस अडियो सिस्टमले मल्टिमिडिया अनुभवलाई अझ जीवन्त बनाउँछ।

सुरक्षाका दृष्टिकोणले FHD आईआर क्यामेरा, विन्डोज हेलो फेसियल लगइन र भौतिक क्यामेरा शटर जस्ता विशेषता छन्, जसले प्रयोगकर्तालाई गोपनीयता र सुरक्षित पहुँच सुनिश्चित गर्छ।

१.४० केजी तौल भएको यस ल्यापटप नागमणी इन्टरनेसनल तथा यसका आधिकारिक खुद्रा स्टोरहरूमा उपलब्ध रहेका छन् ।