कीवर्डहरू -

भीपीएन: अनलाइन गतिविधि र डेटा सुरक्षित राख्ने नयाँ साइबर प्रोटेक्टर

भीपीएन: अनलाइन गतिविधि र डेटा सुरक्षित राख्ने नयाँ साइबर प्रोटेक्टर

भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरी प्रयोगकर्ताहरूले अनलाइन गतिविधि र आफ्नो जानकारी हैकर्सबाट लुकाउन सक्छन् । भीपीएनले प्रयोगकर्ताको सर्च हिस्ट्रीलाई अर्को सर्भरमा डायभर्ट गरेर तिनीहरूको डेटा र पहिचानसँग सम्बन्धित विवरणहरू सुरक्षित गर्छ। यहाँ हामी तपाईंलाई भीपीएन के हो र यसले प्रयोगकर्ताको डिजिटल सेफ्टी कसरी  बढाउँछ भन्ने विस्तृत जानकारी दिँदैछौँ।

भीपीएनको फुलफर्म भर्चुअल प्राइभेट नेटवर्क हो। यसले इन्टरनेट कनेक्शनलाई सेफ र सिक्योर बनाउँछ। सार्वजनिक वाई–फाई (पब्लिक वाइ–फाइ) प्रयोग गर्नेहरूका लागि यो अति आवश्यक हुन्छ। भीपीएनको मद्दतले प्रयोगकर्ताले आफ्नो अनलाइन डिजिटल पहिचान लुकाउन सक्छन् ।

जब प्रयोगकर्ताले भीपीएन प्रयोग गर्छन्, यसले उनको डिभाइस र इन्टरनेटबीचको सिधा लिंक रोक्दै एक पुलको रूपमा काम गर्छ। धेरैजसो हामी गुगलमा जे सर्च गर्छौँ, त्यसैसँग सम्बन्धित विज्ञापनहरू देख्न थाल्छौँ। यदि आप्‍ले भीपीएन प्रयोग गर्नुभयो भने, यसले तपाईंको विवरणलाई अर्को सर्भरमा डायभर्ट गर्छ, जसले इन्टरनेटमा तपाईं ट्रेस हुनबाट बचाउँछ र सर्च हिस्ट्रीसँग सम्बन्धित विज्ञापनबाट पनि सुरक्षा गर्द्छ।

अनलाइन एड एजेन्सी मात्रै होइनन्, हैकर्स र स्क्यामर्स पनि इन्टरनेट प्रयोगकर्ताको हिस्ट्रीमा नजर राख्छन्। यो डेटा प्रयोग गरेर उनीहरूले प्रयोगकर्तालाई आफ्नो शिकार बनाउँछन् र व्यक्तिगत जानकारी चोर्छन्। भीपीएनको मद्दतले प्रयोगकर्ताले इन्टरनेटमा आफ्नो पहिचानलाई सुरक्षित राख्न सक्छन् ।

भीपीएन कसरी काम गर्छ?

भीपीएनले प्रयोगकर्ताको डेटा इन्टरनेटमा रुट गर्दा ती डाटा आइएसपी सँग जोडिएका सर्भरमार्फत पठाउँछ। यसले प्रयोगकर्ताको आईपी एड्रेस जेनेरेट गर्छ। आइएसपी प्रयोगकर्ताको आईपी एड्रेसमार्फत अनलाइन ट्र्याकिङ्‌ र आफ्नो सर्भरमा लगइनको लागि प्रयोग गर्छ। प्रायः आइएसपी प्रयोगकर्ताको विवरण बेग्लाबेग्लै एड एजेन्सीसँग सेयर गर्छ, जसले प्राइभेसी र सुरक्षा दुबै प्रभावित हुन सक्छ।

जब कसैले भीपीएन प्रयोग गर्छ, भीपीएन प्रयोगकर्ताको डेटा होस्ट बन्छ र तेस्रो–पक्ष (थर्ड पार्टी) सर्भरमार्फत इन्टरनेट गतिविधि गर्छ। यसले कुनै पनि थर्ड पार्टी वा आइएसपीलाई सिधै प्रयोगकर्ताको विवरण पत्ता लगाउन झन्झटिलो बनाउँछ।

भीपीएनले प्रयोगकर्ताको डेटा एन्क्रिप्ट गर्छ। हैकर्सलाई यो डेटा अनएनक्रिप्ट गरेर प्रयोगकर्तालाई पहिचान गर्न गाह्रो हुन्छ। यसरी भीपीएनले प्रयोगकर्तालाई डिजिटल सेफ्टीको एक थप तह प्रदान गर्दछ।

भीपीएन प्रयोग गर्दा हुने फाइदा

  • भीपीएनको मद्दतले प्रयोगकर्ताले आफ्नो भर्चुअल लोकेशन परिवर्तन गर्न सक्छन् र मनपरेको सामग्री सजिलै स्ट्रिम गर्न सक्छन्।

  • ब्लक गरिएको वेबसाइटको सामग्री पहुँच गर्न सकिन्छ।

  • आफ्नो वास्तविक लोकेशन लुकाएर सरकारले वा सुरक्षा एजेन्सीहरूले प्रतिबन्धित साइटहरू प्रयोग गर्न पाइन्छ।

  • हैकर्स र स्क्यामर्सबाट ट्र्याकिङ्‌बाट रक्षा मिल्छ।

  • आईपी एड्रेसबाट पत्ता लगाउन मिल्ने अनलाइन सर्च गतिविधि पनि लुकाउन सकिन्छ।