कीवर्डहरू -

माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक हुँदै

माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक हुँदै

आगामी माघ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको छ । 

क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि वृहत प्रदर्शनी हुने भएको हो । 

मेलामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका विभिन्न सफ्टवेयर, प्रडक्ट, स्टार्टअप, डिभाइस लगायतका स्टल रहने छन् । 

क्यान इन्फोटेकमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन् । 

साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुने जनाएको छ । मेलामा अवलोकनकर्ताले सामान खरिदमा छुट समेत पाउने छन् ।