कीवर्डहरू -

वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने

वानप्लस बड्स प्रो थ्री सार्वजनिक, प्रिमियम अडियो क्वालिटी र सिंगल चार्जमा ४३ घण्टा चल्ने

वानप्लसले आफ्नो नवीनतम फ्ल्यागशिप इयरबड्स वानप्लस बड्स प्रो ३ प्रस्तुत गरेको छ । यी नयाँ बड्स धेरै प्रिमियम फिचरहरूसँग आएका छन् । यसमा डुअल कनेक्शन क्षमता, कस्टमाइजेबल ईक्यू सेटिङ्, र लो–लेटेन्सी गेमिङ मोड जस्ता फिचरहरू समावेश छन् । वानप्लसको दाबी छ कि यी बड्सलाई अहिलेसम्मकै उत्कृष्ट अडियो अनुभव दिनका लागि डिजाइन गरिएको हो ।

मिडनाइट ओपस र लुनर रेडियन्स रंगहरूमा ल्याइएका बड्स मा ५० डेसिबेलसम्मको अडैप्टिभ नॉइज क्यान्सिलेशन छ, जुन अघिल्लो मोडलको अपग्रेड हो। यसमा डुअल ड्राइभर समावेश छन्—पहिलो ११ मिलिमिटर वूफर र एक ६ मिलिमिटर ट्वीटर—प्रत्येकमा उत्कृष्ट अडियो प्रदर्शनका लागि एक डेडिकेटेड डिजिटल–टु–एनालग कनभर्टर (डिएसी) छ ।

यसमा गूगलको स्प्याटियल अडियो प्रविधि, १ एमबिपिएससम्मको ट्रान्समिशन दरसहितको एलएचडीसी ५.० कोडेक, र डाइनाडियो ट्युनिङको लागि समर्थन समावेश छ । बड्समा सर्वाइकल स्पाइन हेल्थ मोनिटरिङ फङ्सन पनि दिइएको छ ।

बड प्रो ३ चार्जिङ केससहित कुल ४३ घण्टासम्मको प्लेब्याक र एक्टिभ न्वाइज क्यान्सिलेशन (एएनसी) बिना १० घण्टासम्मको स्ट्यान्डअलोन प्रयोगको वाचा गर्छ । केसले वायरलेस चार्जिङलाई समर्थन गर्छ र १० मिनेटको क्विक चार्जले ५.५ घण्टासम्मको प्लेब्याक प्रदान गर्छ ।