कीवर्डहरू -

मोबाइलबाटै आफ्नो सीभी बनाउन चाहनुहुन्छ ? यस्ता छन् केही तरिका

मोबाइलबाटै आफ्नो सीभी बनाउन चाहनुहुन्छ ? यस्ता छन् केही तरिका

यदि तपाई रोजगारीको खोजिमा हुनुहुन्छ भने, तपाईसँग उत्कृष्ट करिकुलम भाइटा (सीभी) अर्थात रेजुमे हुन आवश्यक छ । रोजगारी पाउनका लागि महत्त्वपूर्ण भूमिका सीभीले पनि खेल्छ । 

सीभी त्यस्तो चीज हो, जसले तपाईंलाई अरू उम्मेदवारहरू बीचमा बेग्लै देखिन सहयोग पुर्‍याउने गर्छ । सीभी हुनु मात्र ठूलो कुरा होइन, त्यो अपडेटेड पनि हुनुपर्छ । यद्यपी, धेरै पटक हामीसँग तुरुन्तै राम्रो रेजुमे तयार गर्न पर्याप्त समय हुँदैन् । 

आज हामी तपाईलाई घरमै बसेर वा बसमा यात्रा गर्दा फोनबाटै उत्कृष्ट रेजुमे बनाउन सकिने उपायहरू बताउँदै छौं ।

सामान्यतया मानिसहरूले ल्यापटप-कम्प्युटरमा रेजुमे बनाउँछन् । यदि समयको कमी छ धेरै अनलाइन टूल छन्, जसले तपाईंलाई आफ्नो फोनमा रेजुमे सिर्जना गर्न मद्दत गर्दछन् । 

तपाईंको बायोडेटाले तपाईंको व्यक्तित्व प्रकट गर्दछ । तपाईहरू रेजुमे डटकम, रेजुमे जिनियस, जेटी, वोज्बर वेबसाइट प्रयोग गर्न सकिन्छ । त्यहाँ केही टेम्प्लेट दिइएको हुन्छ, त्यस अनुसार सीभी बनाउन सकिन्छ ।
रेजुमे बनाउनका लागि धेरै एपहरू पनि छन् । क्यानभा, सिभी इन्जिनियर, रिज्युमेकर लगायतका एप प्रयोग गरेर पनि सीभी बनाउन सक्नुहुन्छ ।

यस बाहेक तपाईंले रोजगार प्लेटफर्ममा सिर्जना गर्नुभएको प्रोफाइल वास्तवमा रेजुमेको रूपमा डाउनलोड गर्न सक्नुहुन्छ । केही प्लेटफर्महरूले तपाईको प्रोफाइल रेजुमेको रूपमा डाउनलोड गर्ने विकल्प दिन्छन् ।
तर, यसका लागि तपाईंले आफ्नो प्रोफाइल पहिल्यै तयार गर्नुपर्नेछ । यस तरिकाले तपाई एक क्षणमा रेजुमे डाउनलोड गर्न सक्नुहुन्छ ।