कीवर्डहरू -

पुरानो फोनलाई सीसीटीभी क्यामेरामा रूपान्तरण गर्ने तरिका

पुरानो फोनलाई सीसीटीभी क्यामेरामा रूपान्तरण गर्ने तरिका

आफ्नो घरलाई सुरक्षित राख्ने हो भने सीसीटीभी क्यामेरा वा सेक्युरिटी गार्ड राख्नुपर्छ, नत्र घर सुरक्षित छ की छैन् भनेर सधैं तनाव रहिरहन्छ ।

के तपाई पनि आफ्नो घरको सुरक्षाको लागि सीसीटीभी राख्ने सोचमा हुनुहुन्छ ? यदी त्यसो हो भने तपाईले आफ्नो पुरानो फोनलाई नै सीसीटीभीको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि सुरूमा पुरानो फोनमा गुगल प्ले स्टोरबाट आईपी वेबक्याम एप इन्स्टल गर्नुहोस् ।

जब तपाई एप खोल्नुहुन्छ, स्क्रिनको तलको स्टार्ट ओभर विकल्पमा क्लिक गर्नुहोस् । अब एपले मागिरहेको परमिसनहरूलाई अनुमति दिनुहोस् । यस पछि फोनको क्यामेरा खुल्नेछ ।

यहाँ एक आइपी एड्रेस स्क्रिनको तल देखिनेछ, त्यो आइपी एड्रेस नोट गर्नुहोस् । अब तपाईको फोनको ब्राउजरको लिङ्क एड्रेस पट्टी आईपी एड्रेस भर्नुहोस् र प्रविष्ट गर्नुहोस् । यसपछि आइपी वेबक्याम वेबसाइट खुल्नेछ ।

अब यहाँ तपाईंलाई भिडियो रेन्डरिङ र अडियो प्लेयर समावेश गरी दुई विकल्पहरू देखाइनेछ । यदि तपाई रेकर्ड गरिएको भिडियो हेर्न चाहनुहुन्छ भने, भिडियो रेन्डरिङ चयन गर्नुहोस् । यस पछि ब्राउजरमा क्लिक गर्नुहोस् ।

यस बाहेक, यदि तपाइई भिडियोसंग अडियो सुन्न चाहनुहुन्छ भने तपाई अडियो प्लेयरसंग दिइएको फ्ल्यास विकल्पमा क्लिक गर्न सक्नुहुन्छ । यसपछि तपाईंले भिडियोसँगै अडियो सुन्ने मौका पनि पाउनुहुनेछ ।

ध्यान दिनुहोस्, तपाईको फोनको क्यामेरा राम्रो अवस्थामा हुनुपर्छ र फोनले आधारभूत काम गरिरहेको हुनुपर्छ । फोनको क्यामेरा राम्रो भएन भने यो उपाय काम लाग्ने छैन् ।