कीवर्डहरू -

एउटा डिभाइसबाट अर्काे डिभाइसमा इन्स्टल गरिएको एप डिलिट गर्ने तरिका

एउटा डिभाइसबाट अर्काे डिभाइसमा इन्स्टल गरिएको एप डिलिट गर्ने तरिका

मोबाइल आजभोली हाम्रो अभिन्न अंग बनेको छ । बिहानदेखि साँझसम्म धेरै समय मोबाइलमै जान्छ ।

कहिलेकाँही हामीले एउटा फोनबाट अर्को फोनमा भएको मोबाइल एप डिलिट गर्नुपर्ने हुन्छ । यस्तै समस्यालाई ध्यानमा राख्दै गूगल प्ले स्टोरले नयाँ सुविधा ल्याएको छ ।

यो फिचरको मद्दतले तपाई कुनै पनि एपलाई एउटा फोनबाट अर्कोमा भएको फोन अनइन्स्टल गर्न सक्नुहुन्छ । यस फिचरको मद्दतले तपाईले स्मार्ट टिभी, स्मार्टवाच र एन्ड्रोइड अटोका एपहरू पनि डिलिट गर्न सक्नुहुन्छ ।

नयाँ सुविधा कसरी प्रयोग गर्ने ?

यसको पहिलो सर्त दुवै डिभाइसहरूमा एउटै इमेल आईडी लगइन हुनुपर्छ । अर्को डिभाइसबाट प्ले स्टोर अनइन्स्टल गर्न, आफ्नो गूगल प्ले स्टोर एपमा जानुहोस् ।

अब प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ म्यानेज एप एण्ड डिभाइस अप्सनमा क्लिक गर्नुहोस् ।

अब प्ले स्टोर एपमा म्यानेज इन द प्ले स्टोर अप्सनमा क्लिक गर्नुहोस् । यहाँ तपाईंले अर्को डिभाइस देख्नुहुनेछ ।

अब तपाईंले मेटाउन चाहनुभएको मेनुबाट एप चयन गर्नुहोस् । चयन गरेपछि, एप अनइन्स्टल गर्नुहोस् ।