कीवर्डहरू -

नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्‍याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक

नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्‍याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक

वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बताएको छ । 

इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको रूपमा २५ वर्षका लागि नयाँ लाइसेन्स जारी भएसँगै वर्ल्डलिंकले सबैलाई धन्यवाद दिदै यस्तो बताएको हो । 

मंसिर १३ गतेका दिन दुवै लाइसन्स नवीकरण भए सँगै यो संस्थाको विश्वसनीयता र क्षमता थप बलियो भएको कम्पनीको भनाइ छ ।

वर्ल्डलिंक, संवैधानिक हकको प्रयोग गर्दै मर्मत सम्भार शुल्क सम्बन्धि मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा गएको थियो । 

उक्त मुद्दामा सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटामात्र कडी समाप्त भएको कम्पनीले जनाएको छ ।

‘सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानुनी दायित्व पुरा गरिसकेको छ,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘यो लामो कानूनी प्रकृयामा यस संस्थालाई भरोसा दिलाउनु हुने र भरोसा गर्नु हुने आदरणीय ग्राहक महानुभावहरूप्रति वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड हार्दिक आभार प्रकट गर्दछ। यस प्रकृयामा प्रत्यक्ष-अप्रत्यक्ष सघाउनु हुने, चासो राखे र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ ।’ 

यस्तै संस्थाले तिर्नुपर्ने भनि तोकिएको रकमका लागि तुरुन्तै ऋण उपलव्ध गराइदिनु हुने बैंकहरु प्रति पनि कृतज्ञ व्यक्त गरेको छ । 

null