कीवर्डहरू -

युट्युब प्रिमियम बिनानै यसरी हेर्नुहोस् विज्ञापन रहित भिडियो

युट्युब प्रिमियम बिनानै यसरी हेर्नुहोस् विज्ञापन रहित भिडियो

भिडियो स्ट्रिमिङ प्लेटफर्म यूट्यूब संसारभरि लाखौं प्रयोगकर्ताहरू द्वारा प्रयोग गरिन्छ । यस एपमा प्रयोगकर्ताहरूलाई विज्ञापन–रहित अनुभव प्रदान गर्न यूट्यूब सुविधा प्रदान गरिएको छ । तर हामी मध्य धेरै जना प्रिमियमका लागि पैसा खर्च गर्न चाहँदैनौँ ।

आज हामी तपाईलाई एउटा यस्तो उपयोगी ट्रिकको बारेमा बताउन गइरहेका छौं, जसलाई पालना गरेर तपाईले बिना विज्ञापन युट्युबमा ननस्टप भिडियोहरू हेर्न सक्नुहुनेछ ।
युट्युब प्रिमियम सदस्यता बिना विज्ञापन मुक्त भिडियोहरू अनुभव गर्न, तपाईंले आफ्नो ल्यापटपमा ’एडब्लक फर युट्युब’ एक्सटेन्सन डाउनलोड गरी यसलाई अन गर्नुपर्छ । यसलाई क्रोम र एज दुवैका लागि प्रयोग गर्न सकिन्छ । 
विज्ञापन बिना भिडियो हेर्न, सबै भन्दा पहिले तपाईंले वेब ब्राउजर क्रोम, सफारी र एज खोल्नु पर्छ ।

यस चरणमा, युट्युब डटकम खोल्नु पर्छ र यहाँ प्रयोगकर्ताहरूले ब्राउजरमा मात्र रहनु पर्छ ।

यहाँ तपाईंले खोल्न चाहनुभएको भिडियो चयन गर्नुपर्छ ।

ब्रेभ ब्राउजरमा गएर पनि युट्युब प्रयोग गर्न सक्नुहुन्छ । यसमा, भिडियोको समयमा विज्ञापनहरू देखिँदैनन् । योसागै डकडक गोको प्रयोगले विज्ञापन–रहित अनुभव पनि प्रदान गर्न सक्छ।