कीवर्डहरू -

मुत्युपश्चात तपाईको गूगल र फेसबुक अकाउन्टको डेटा के हुन्छ ?

मुत्युपश्चात तपाईको गूगल र फेसबुक अकाउन्टको डेटा के हुन्छ ?

अहिले डिजिटल युगमा डिजिटल प्रोफाइल नहुने सायदै होलान । बढ्दो डिजिटल प्रविधिको विकाससँग त्यसलाई प्रयोग गर्न हामीले अकाउन्ट चाहिन्छ । सामाजिक सञ्जाल, इमेल, स्टोर लगायतका कामका लागि हामीलाई अकाउन्ट आवश्यक नै पर्छ । 

यदी तपाईसँग स्मार्टफोन छ भने गूगल अकाउन्ट पनि पक्कै होला । हामी गुगल अकाउन्टको माध्यमबाट धेरै मानिसहरूलाई धेरै प्रकारका कुराहरू पठाउँछौं, तर तपाईंले कहिल्यै सोच्नुुभएको छ कि मानिसको मृत्युपश्चात डिजिटल डाटा (डिजिटल अकाउन्ट) को के हुन्छ? मरेपछि सामाजिक मिडिया कम्पनीहरूले मानिसहरूको डाटासँग के गर्छन्?

सामान्यतया धेरैले गुगल अकाउन्टमा आफ्नो बैंक अकाउन्टको जानकारी सुरक्षित गरेर राख्छन्, तर उनीहरूको मृत्यु भएमा यी जानकारीहरूको के हुन्छ ? गुगल यस्तो मानिसहरूको डाटासँग के गर्छ ? आज हामीले यीनै प्रश्नहरूको जवाफ दिने प्रयास गरेका छौं । 

गुगल वा कुनै पनि अन्य कम्पनीसँग यस्तो कुनै डिभाइस छैन जसले कसैको मृत्युको बारेमा तुरुन्त जानकारी प्राप्त गर्न सक्छ । यदि कुनै गुगल अकाउन्ट लामो समयदेखि सक्रिय छैन भने अर्थात् कुनै अकाउन्टको माध्यमबाट गुगल म्याप्स, जीमेल, गुगल ड्राइभ, सर्च आदि लामो समयदेखि प्रयोग भइरहेको छैन भने त्यसलाई गूगलले इनएक्टिभ अकाउन्टको श्रेणीमा राख्छ ।

तर गुगलले मृत्युपछि कसैको डिजिटल डाटा अरुको नाममा सार्न सकिने सुविधा दिदै आएको छ । यसका लागि गुगलसँग एउटा सुविधा छ जसको माध्यमबाट तपाईं यो निर्णय गर्न सक्नुहुन्छ कि तपाईंको मृत्यु पछि तपाईंको डाटालाई कसले व्यवस्थापन गर्नेछ र जीमेल आदि अन्य कसैले पहुँच गर्नेछ । गुगलको यस सुविधालाई तपाईं myaccount.google.com/inactive मा गएर पहुँच गर्न सक्नुहुन्छ ।

तपाईं अधिकतम १८ महिनाको समय निर्धारण गर्न सक्नुहुन्छ, अर्थात् यदि १८ महिनासम्म तपाईंको अकाउन्ट पहुँच हुँदैन भने myaccount.google.com/inactive को माध्यमबाट तपाईंले जससँग पासवर्ड सेयर गर्नुभएको छ, उसले तपाईंको अकाउन्ट पहुँच गर्न सक्नेछ ।

यो लिंक खोल्दा तपाईंले त्यो व्यक्तिको ई–मेल आईडी, फोन नम्बर आदि राख्नुपर्छ जसलाई तपाईं आफ्नो अकाउन्ट जिम्मा दिन चाहनुहुन्छ । वसीयतको रूपमा, गुगलले १० जनाको नाम जोड्ने विकल्प दिनेछ ।

मरेपछि फेसबुक अकाउन्टको के हुन्छ?

फेसबुकसँग पनि यस्तै सुविधा छ जसलाई ’लिगेसी कन्ट्याक्ट’ भनिएको छ । यो सुविधाको माध्यमबाट तपाईं आफ्नो फेसबुक अकाउन्ट आफ्ना परिवारका सदस्य वा कुनै साथीलाई वसीयतको रूपमा जिम्मा दिन सक्नुहुन्छ ।

तपाईंले चयन गर्नुभएको व्यक्तिले तपाईंको अनुपस्थितिमा पनि तपाईंको फेसबुक अकाउन्ट व्यवस्थापन गर्न सक्नेछ । यद्यपि उक्त व्यक्तिले केवल प्रोफाइल पिक्चर, कभर फोटो अपडेट, साथीहरूको फ्रेन्ड रिक्वेस्टको जवाफ दिन जस्ता काम मात्र गर्न सक्नेछ । तपाईंको निजी मेसेजहरू पढ्न सक्नेछैन् ।