कीवर्डहरू -

एन्ड्रोइड रिकभरी मोड के हो ? कसरी प्रयोग गर्ने ?

एन्ड्रोइड रिकभरी मोड के हो ? कसरी प्रयोग गर्ने ?

विश्वभर एन्ड्रोइड फोन प्रयोग गर्नेको संख्या धेरै छ । एन्ड्रोइड प्रयोगकर्ताहरूलाई समय–समयमा धेरै नयाँ–नयाँ सुविधाहरू प्राप्त गरिरहेका हुन्छन् । 

एन्ड्रोइडमा धेरै त्यस्ता सुविधाहरू छन्, जसको बारेमा अधिकांश प्रयोगकर्ताहरूलाई जानकारी छैन् । त्यसैमध्येको एक हो,  एन्ड्रोइड रिकभरी मोड । 

एन्ड्रोइड रिकभरी मोड सुविधाको माध्यमबाट डिभाइसका धेरै समस्याहरूलाई हटाउन सकिन्छ । जस्तै, यदि तपाईंको फोन धेरै ढिलो चलिरहेको छ वा एउटै सिस्टममा अड्किएको छ भने एन्ड्रोइड रिकभरी मोडको प्रयोग गर्न सकिन्छ ।

साथै फोनमा मालवेयर भएको अवस्थामा पनि यो सुविधा धेरै उपयोगी साबित हुन सक्छ । यसको अतिरिक्त, एन्ड्रोइड रिकभरी मोडको माध्यमबाट फोनको र्याम र स्टोरेज पनि बढाउन सकिन्छ र क्यास फाइललाई सफा गर्न सकिन्छ ।

एन्ड्रोइड रिकभरी मोडबाट एडिबी (एन्ड्रोइड डिबग ब्रिज) को माध्यमबाट एन्ड्रोइड डिभाइसमा अपडेटहरू लागू गर्न सकिन्छ । यदि तपाईं फोनमा नयाँ र्याम राख्न चाहनुहुन्छ भने पनि यस सुविधाको प्रयोग गर्न सकिन्छ । साथै, यस प्रविधिको माध्यमबाट फोनलाई पिसीसँग जोडेर ओएस अपडेट गर्न सकिन्छ ।

एन्ड्रोइड रिकभरी मोडमा अर्को विशेष सुविधा पनि उपलब्ध छ । यस सुविधाको माध्यमबाट केही यस्ता फाइलहरूलाई फोनबाट हटाउन सकिन्छ, जसले फोनको प्रणालीमा कुनै पनि प्रकारको समस्या सिर्जना गर्न सक्छ । यस सुविधाको माध्यमबाट फोनको कुनै पनि साना समस्याहरू हटाउन सकिन्छ ।

एन्ड्रोइड रिकभरी मोडमा फोनलाई फ्याक्ट्री रिसेट गर्ने विकल्प पनि उपलब्ध छ । यस सुविधाको माध्यमबाट फोनका सबै एप्स, फाइलहरू, र डेटा हटाएर फेरि नयाँ जस्तो बनाउन सकिन्छ । एन्ड्रोइड रिकभरी मोडमा अर्को सुविधा पनि छ, जसमा पूर्वनिर्धारित इन्टरफेसलाई कस्टमाइज गर्न सकिन्छ । साथै, यसो गर्दा प्रणालीमा थोरै परिवर्तन आउँछ । यस सुविधाको माध्यमबाट नै उपकरणमा कस्टम रोम पनि इन्स्टल गर्न सकिन्छ ।

 एन्ड्रोइड रिकभरी मोडको प्रयोग कसरी गर्ने?

एन्ड्रोइड रिकभरी मोडको प्रयोग गर्नका लागि डिभाइसको पावर बन्द गर्नुहोस् ।

त्यसपछि पावर बटन र आवाज बटनको माथिल्लो भाग थिच्नुहोस् । यसो गर्दा फास्टबुट मेन्यू नआउन्जेलसम्म थिच्नुपर्नेछ ।

फेरि एन्ड्रोइड रिकभरी मोड प्रयोग गर्नका लागि डिभाइसको आवाज बटनको तल्लो भाग थिच्नुहोस् । त्यसपछि एन्ड्रोइड रिकभरी मोडतर्फ नेभिगेट गर्नुहोस् ।

यसपछि पावर मोडको माध्यमबाट एन्ड्रोइड रिकभरी मोडको चयन गर्नुहोस् । त्यति गरेपछि एन्ड्रोइड रिकभरी मोड मेन्यूमा धेरै विकल्पहरू उपलब्ध हुनेछन् । जस्तै, रिबुट, अपडेट इन्स्टल गर्नुहोस्, डेटा वाइप, सिस्टम रिपेयर मोड र धेरै उन्नत सुविधाहरूको पहुँच पाउन सकिन्छ ।