कीवर्डहरू -

स्मार्टफोनमा आउने एन्ड्रोइड सेक्युरिटी प्याच के हो ? कसरी काम गर्छ ?

स्मार्टफोनमा आउने एन्ड्रोइड सेक्युरिटी प्याच के हो ? कसरी काम गर्छ ?

आजको समयमा केही पनि सुरक्षित छैन् । हामी धेरै प्रकारका गेम र एप्स सोच विचार नगरेरै इन्स्टल गरिरहन्छौं । एन्ड्रोइडले बेला बेला मोबाइलको सुरक्षाका लागि सेक्युरिटी प्याच अपडेट दिइरहेको हुन्छ । 

फोनलाई ह्याकर र नयाँ भाइरसबाट बचाउन एन्ड्रोइड सेक्युरिटी प्याचहरू प्रदान गरिएको हुन्छ । यसले हाम्रो फोनलाई साइबर आक्रमणबाट रोक्न सहयोग गर्छ ।

गुगलले हरेक महिना एउटा नयाँ सुरक्षा प्याच प्रदान गर्छ । तर कहिलेकाँही हामीले उक्त प्याचलाई अपडेट गर्दैनौं । त्यस्तो अवस्थामा फोनमा भाइरस छिर्ने वा ह्याक हुने सम्भावना अधिक हुन्छ । 

सेक्युरिटी प्याच भनेको फोनको सुरक्षा कवच हो, जस बिना तपाईंको फोन सुरक्षित रहँदैन् । त्यसैले फोनलाई समय–समयमा अपडेट गर्दै राख्नुहोस्, प्रत्येक अपडेटमा तपाईंलाई सो महिनाको सबैभन्दा नयाँ सुरक्षा प्याच प्राप्त हुन्छ ।

सुरक्षा प्याच लेभल एक प्रकारको स्निपेट कोड हो, जसको काम फोनमा पहिले नै रहेको सफ्टवेयरलाई सुधार गरेर बलियो बनाउनु र बगहरूलाई फिक्स गर्नु हो ।

यसले सफ्टवेयरका लूपहोल्सलाई फेला पार्ने र फिक्स गर्ने काम गर्छ । 

सेक्युरिटी प्याच के काम गर्छ?

 

  • फोनमा उपस्थित अपरेटिङ सिस्टमलाई सुधार गर्छ ।
  • यसले तपाईंको फोनलाई ह्याकरहरूबाट बचाउँछ, ह्याकरले तपाईंको सिस्टमलाई ब्रेक गर्न सक्दैनन् । 
  • यसले अपरेटिङ सिस्टमका पुराना केर्नलका बगहरूलाई ठीक गर्छ ।
  • फोनको स्पीडलाई इम्प्रुभ गरेर बुस्ट गर्छ ।
  • नचाहिएका भाइरसबाट फोनको रक्षा गर्छ ।
  • अपडेटमा तपाईंलाई क्यामेराबाट लिएर धेरै एप्स र एन्ड्रोइडका नयाँ भर्सनको पनि अपडेट प्राप्त हुन्छ ।