कीवर्डहरू -

एपिआई के हो? यसले कसरी काम गर्छ?

एपिआई के हो? यसले कसरी काम गर्छ?

एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पनि प्रकारको एप बनाउन मद्दत गर्दछ । यसलाई अर्को तरिकाले भन्नु पर्दा, यो एक प्रोसेसर हो जसले एप्लिकेशन डेभलपमेन्टमा मद्दत गर्दछ ।

एपिआई के हो भन्ने कुरा उदाहरणसहित बुझौं, तपाईंले आफ्नो फोनमा ईसेवा वा अन्य कुनै भुक्तानी सेवा त पक्कै प्रयोग गर्नुहुन्छ होला । जब तपाईं यी एप खोल्नुहुन्छ, तपाईं धेरै विकल्पहरू देख्न सक्नुहुुनेछ, जस्तै बस टिकट बुकिङ, मनी ट्रान्सफर, फोन रिचार्ज आदि । तर के तपाईंलाई थाहा छ, यी भुक्तानी सेवाहरुले कसरी एकै एपमा यी सबै सेवाहरू प्रदान गर्न सक्छन् ?

यो एपिआईले गर्दा सम्भव भएको हो । जब तपाईं कुनै वेबसाइटमा गएर आफ्नो सुविधा अनुसार कुनै पनि प्रोडक्ट वा सेवा बुक गर्ने वा किन्नुहुन्छ, त्यो एपिआईमार्फत सम्भव हुन्छ ।

कुनै पनि वालेट एप वा वेबसाइटको कति धेरै कनेक्शन विभिन्न वेबसाइटहरूसँग हुन्छ, यसको डेटाबेस कति ठूलो हुन्छ, त्यसले मल्टिपल साइट्सलाई एकै पटक ह्यान्डल गर्नुपर्छ ।

किनभने एकै समयमा धेरै मानिसहरू वेबसाइट वा एपमा अनलाइन हुन्छन् र सबै छुट्टाछुट्टै काम गरिरहेका हुन्छन् । तर यी सबै कुरालाई एकीकृत पार्नका लागि एपिआईले प्रमुख भूमिका खेलेको हुन्छ ।

एपिआईले  कसरी काम गर्छ?

एपिआईले कसरी काम गर्छ भनेर एउटा स्मार्टफोनको उदाहरणबाट बुझौं । तपाईंसँग कुनै न कुनै फोन पक्कै छ, चाहे त्यो एन्ड्रोइड होस्  वा आईओएसमा आधारित हो । तपाईंले आफ्नो फोनमा कहिल्यै कुनै न कुनै गेम वा कुनै एप त पक्कै इन्स्टल गर्नुभएको छ र जब तपाईंले यसलाई खोल्नुभयो, यसले अनुमति माग्छ ।

त्यो एपले आफ्नो कामका लागि कुनै पनि अनुमति माग्न सक्छ, जस्तै – लोकेशन, मिडिया, क्यामेरा, वा माइक्रोफोन । यी अनुमति एपलाई काम गर्नका लागि दिनैपर्छ । जस्तै, यदि तपाईंले कुनै क्यामेरा एप इन्स्टल गर्नुभएको छ भने, त्यो तपाईंको फोनको क्यामेरा, माइक्रोफोन र मिडियाको अनुमति माग्नेछ ।

एन्ड्रोइड भर्सन ४.० सम्म यो अनुमति लिनको कुनै अप्सन थिएन । यो अहिलेका फोनमा आउन थालेको छ । अब तपाईंले कुनै पनि एप इन्स्टल गर्दा सबै अनुमति दिनैपर्छ ।

तपाईंले कुनै पनि पर्मिशन्स अनुमति दिँदा, त्यसपछि तपाईंको फोन वा पीसीको सिस्टमले अनुमति केका लागि दिइएको हो भनेर जाँच गर्छ । त्यसपछि विशेष गरी जसलाई तपाईंले अनुमति दिनु भएको छ, त्यसलाई मात्रै पहुँच मिल्छ । सबै सम्भव एपीआईले बनाएको हो ।