धेरै सेलिब्रेटीका नक्कली तस्बिर र भिडियो भाइरल बन्दै गएपछि पछिल्लो समय डिपफेक प्रविधि एउटा समस्याका रूपमा उभिएको छ । विभिन्न देशमा डिपफेक प्रविधिलाई लिएर अनेक बहस हुन थालेको छ ।
टेलर स्विफ्टको एउटा डिपफेक तस्बिर भाइरल भएपछि अमेरिकामा डिपफेकलाई लिएर नयाँ बहस सुरु भएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको स्विफ्टका नक्कली तस्बिरहरूले अमेरिकी नेताहरूको ध्यान डिपफेकतर्फ खिचेको आकर्षित गरेको छ ।
अमेरिकामा यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन र तयार गर्नेहरूलाई कडा कारबाही गर्न माग गरिएको छ । डिपफेक मसिन लर्निङ प्रयोग गरेर तयार पारिएको प्रविधि हो । डीपफेक भिडियो र फोटो दुवै हुन सक्छ । डिपफेक प्रविधिको प्रयोग गरी दुईवटा भिडियो वा तस्बिर दिइन्छ । त्यसपछि तिनलाई हेरेर सो प्रविधिले स्वचालित रूपमा भिडियो वा फोटो दुवैलाई एउटै बनाउँछ ।
यो केहि नक्कल गरे जस्तै हो । त्यस्ता फोटो भिडियोहरूमा लुकेका तहहरू हुन्छन्, जुन सम्पादन सफ्टवेयर मार्फत मात्र देख्न सकिन्छ । एक पङ्क्तिमा, डीपफेक वास्तविक इमेज–भिडियोलाई राम्रो वास्तविक नक्कली फोटो–भिडियोहरूमा रूपान्तरण गर्ने प्रक्रिया हो । डिपफेक फोटो र भिडियोहरू नक्कली भए पनि वास्तविक जस्तै देखिन्छन् ।
कसैको बारेमा नकारात्मकता फैलाउन यस प्रविधिको प्रयोग हुँदै आएको छ । कुनै पनि एउटा व्यक्तिको फोटो वा भिडियोमा अरू कसैको अनुहार प्रयोग गरेर डिपफेक बनाइन्छ, जुन हेर्दा वास्तिविक जस्तै देखिन्छ ।
डीपफेक कसरी बनाइन्छ ?
डीपफेक दुई नेटवर्कहरूको मद्दतले सिर्जना गरिन्छ, जसमा एउटा एन्कोडर र अर्को डिकोडर नेटवर्क हो । इन्कोडर नेटवर्कले स्रोत सामग्री (मूल भिडियो) को विश्लेषण गर्छ र त्यसपछि डेटा डिकोडर नेटवर्कमा पठाउँछ ।
त्यसपछि फाइनल आउटपुट आउँछ, जुन ठ्याक्कै मौलिक जस्तै हुन्छ तर वास्तविकतामा नक्कली हुन्छ । डीपफेकका लागि धेरै वेबसाइट र एपहरू छन्, जहाँ मानिसहरूले डीपफेक भिडियोहरू सिर्जना गरिरहेका छन् ।
डीपफेक भिडियो कसरी चिन्ने?
यस्ता फोटो–भिडियोहरू पहिचान गर्न सजिलो छैन तर असम्भव पनि छैन। पहिचान गर्न तपाईंले भिडियो धेरै नजिकबाट हेर्नुपर्नेछ । अनुहारको हावभाव, आँखाको चाल र शरीर शैलीमा विशेष ध्यान दिनुपर्छ ।
यस बाहेक तपाईं तिनीहरूलाई तिनीहरूको शरीरको रंगबाट पनि पहिचान गर्न सक्नुहुन्छ। सामान्यतया यस्ता भिडियोहरूमा अनुहार र शरीरको रंग मेल खाँदैन् । यसका अलावा लिप सिङ्किङबाट पनि यस्ता भिडियोहरू पहिचान गर्न सकिन्छ ।
तपाईं स्थान र लाइटिंगद्वारा पनि त्यस्ता भिडियोहरू पहिचान गर्न सक्नुहुन्छ । यस बाहेक यो भिडियो वास्तविक हो कि होइन, तपाईं आफैले पनि निर्णय गर्न सक्नुहुन्छ । उदाहरणका लागि बराक ओबामाको भोजपुरी गीतमा नाचिरहेको भिडियो नक्कली हुन सक्छ ।