गूगलले आफ्नो ‘जी’ लोगोमा सामान्य परिवर्तन गरेको छ । पहिले चारवटा स्पष्ट रंगमा बाँडिएको यो लोगो अहिले केही ठाउँमा रंगबीचको संक्रमणलाई अलिकति सफ्ट ग्रेडियन्ट शैलीमा परिवर्तन गरिएको छ ।
हाल यो परिवर्तन एन्ड्रोइड र आइओएस दुवैमा रहेको गूगल एपमा देखिएको छ । तर अझै पनि धेरै स्थानहरूमा पुरानै रंगको ठाडो खण्ड शैली प्रयोग भइरहेकै छ ।
साथै, गूगलको आधिकारिक मिडिया प्रेस किटमा पनि नयाँ ग्रेडियन्ट लोगो समावेश गरिएको छैन — त्यहाँ अझै पुरानै लोगो देखिन्छ ।
अन्य गूगल मोबाइल एपहरूमा भने अहिलेसम्म यस्तो ग्रेडियन्ट शैली देखिएको छैन । तर विशेष रूपमा, गूगलको जेमिनाई सहायकको लोगोमा रहेको तारा चिह्नमा थोरै ग्रेडियन्ट देखिन्छ ।
सन् २०१५ मा अन्तिमपटक गूगलले आफ्नो लोगो परिवर्तन गर्दा धेरै प्रचार र विस्तृत व्याख्यासहितको अभियान सञ्चालन गरिएको थियो ।
तर अहिले भने कम्पनीले कुनै प्रचार गरेको छैन् । सम्भवतः यो पूर्ण रिडिजाइन अघिको परीक्षण पनि हुन्छ सक्छ ।