डेबिट कार्ड वा एटीएम कार्ड प्रयोग गर्दा कार्डमाथि रहेको एउटा सानो चिप तपाईंले अवश्य देख्नुभएको होला । तर के तपाईंलाई थाहा छ यो किन राखिएको हो र यसको काम के हो ? वास्तवमा, डेबिट कार्डमा रहेको चम्किलो सानो स्क्वायर आकारको भागलाई ईएमभी चिप भनिन्छ ।
ईएमभीको अर्थ हो यूरोपे, मास्टरकार्ड, र भिसा । तीन कम्पनीहरूले मिलेर यो टेक्नोलोजी विकास गरेका हुन् । यो सानो मेटल स्क्वायर जस्तो देखिए पनि यसभित्र एउटा माइक्रोचिप हुन्छ जसले स–साना कम्प्युटरजस्तै काम गर्छ ।
पहिले, डेबिट कार्डमा मात्र पछाडि कालो मग्नेटिक स्ट्रिप हुन्थ्यो । उक्त स्ट्रिपले तपाईंको कार्डको डेटा स्टोर गरिरहेको हुन्थ्यो, तर चोरहरूले सजिलै कपी गर्न सक्थे । ईएमभी चिप भने धेरै बढी सुरक्षित छ । यसले हरेक पेमेंटको लागि एउटा यूनिक सिक्रेट कोड बनाउँछ । जसले गर्दा चोरहरूका लागि कार्ड कपी गरेर फेरी प्रयोग गर्नु अत्यन्तै गाह्रो हुन्छ ।
चिप कसरी काम गर्छ?
जब तपाईं कार्डलाई कार्ड मेशिनमा डिप गर्नुहुन्छ (यसलाई ‘डिपिङ’ भनिन्छ), मेशिनले तपाईंको कार्डको चिपसँग ‘अन्तरक्रिया’ गर्छ । चिप त्यस पेमेंटका लागि नयाँ सिक्रेट कोड जनरेट गर्छ । यदि कसैले त्यो कोड चोरे पनि, पुन: प्रयोग गर्न सकिँदैन । यो पुरानो मग्नेटिक स्ट्रिपबाट निकै फरक हो, जसले सधैं एउटै कोड दिन्थ्यो र कपी गर्न सजिलो हुन्थ्यो ।
केही कार्डमा अहिले कण्ट्याक्टलेस पेमेन्ट टेक्नोलोजी पनि हुन्छ । यसमा पेमेंटका लागि कार्डलाई मेशिनमा ट्याप गर्नुपर्दछ र यो एनएफसी (नियर फील्ड कम्युनिकेसन) मार्फत काम गर्छ । तर ट्याप पेमेन्टमा पनि चिपले तपाईंको डेटा सुरक्षित राख्छ ।
डेबिट कार्ड एक्सपायर हुँदा के हुन्छ?
जब तपाईंको डेबिट कार्ड एक्सपायर हुन्छ, चिप बैंक प्रणालीसँग काम गर्न बन्द गर्छ, किनकि बैंकले पुरानो कार्ड नम्बर ब्लक गरी नयाँ कार्ड र नयाँ चिप जारी गर्छ । भौतिक रूपमा चिप कार्डमा त रहन्छ, तर बैंक सिस्टममा मान्यता नहुँदा यसको कुनै अर्थ हुँदैन ।
यदि तपाईं कार्ड फ्याँक्नुअघि सानो–सानो टुक्रामा काट्नुहुन्छ, जसमा चिप पनि समावेश हुन्छ, भने यो सुनिश्चित हुन्छ कि कोही पनि तपाईंको पुरानो कार्डको दुरुपयोग गर्न सक्दैन ।
चिप किन थपियो?
चिप मुख्य रूपमा सुरक्षा बढाउनका लागि थपिएको हो । यसले नक्कली कार्ड रोक्छ र फ्रड घटाउँछ । धेरै देशहरूमा कार्ड क्लोनिङका धेरै घटना भएपछि यसलाई व्यापक रूपमा अपनाइएको हो । यसले ग्लोबल एक्सेप्टेन्समा पनि मद्दत पुर्याउँछ ।
अहिले धेरै देशहरू केवल चिप कार्डलाई मात्र स्वीकार्छन्, किनकि यी मग्नेटिक स्ट्रिप भएका कार्डभन्दा निकै सुरक्षित हुन्छ । सरल शब्दमा, चिपले कार्डद्वारा गरिने पेमेन्टलाई थप सुरक्षित बनाउँछ ।