कीवर्डहरू -

सर्भर के हो ? सर्भर कति प्रकारका हुन्छन् ?

सर्भर के हो ? सर्भर कति प्रकारका हुन्छन् ?

आज हामी सबैले इन्टरनेटको प्रयोग गर्छौं । आजको समयमा इन्टरनेट हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । त्यसमाथि इन्टरनेटमा खोज्ने सामग्रीमा पहुँच दिने सर्भरको महत्त्व पनि उत्तिकै छ । 

इन्टरनेटमा केही कुुरा खोज्न सर्भरको आवश्यकता पर्छ । यसको बिना हामी कुनै पनि काम गर्न सक्दैनौं । आज हामी इन्टरनेटमा खोजी गरेर कुनै पनि जानकारी प्राप्त गर्न सक्छौं र हामी यूट्युबमा भिडियो हेर्न सक्छौ । यो सबै सर्भर बिना सम्भव छैन् ।

कुनै संस्थामा सेवा लिन जाँदा कतिपय बेला हामी सर्भर डाउन छ भन्ने सुन्ने गरेका छौं । यदि तपाईं इन्टरनेटको उपयोग गर्नुहुन्छ भने तपाईंलाई सर्भरको सामान्य जानकारी हुनु आवश्यक छ ।

सर्भर के हो ? सर्भर कति प्रकारका हुन्छन् ?

सर्भर एक कम्प्युटर हो । यदि तपाईंलाई सरल भाषामा बुझाउनुपरेमा, सर्भरमा एकभन्दा बढी कम्प्युटर हुन्छन्, जो एकसाथमा काम गर्छन् । सर्भरले धेरै डेटा पठाउन (सेन्ड) र प्राप्त गर्न (रिसिभ) काम गरिरहेको हुन्छ ।

जस्तै, सर्भरद्वारा डेटा पठाइएपछि हाम्रो कम्प्युटरमा उपलब्ध वेब ब्राउजरले सर्भरद्वारा दिइएको डेटा प्राप्त गर्न काम गर्छ । 

सर्भर हाम्रो कम्प्युटरभन्दा धेरै फरक हुन्छ । सर्भरलाई यसरी बनाइएको हुन्छ, जसले गर्दा यो सँधैभरी चल्न सक्छ । अहिले हामी इन्टरनेटमा जति पनि सेवाहरूको उपयोग गर्छौं, ती सबैका लागि अलग सर्भर हुन्छ ।

सर्भर कति प्रकारका हुन्छन् ?

सर्भर धेरै प्रकारका हुन्छन् र हरेक सर्भरको आफ्नो छुट्टै काम हुन्छ । सायद तपाईंले यसमध्ये केही सर्भरलाई देख्नु भएकै होला ।  यसमध्ये धेरै सर्भरको नाम पनि सुन्नु भएको छैन होला । हामी तपाईंलाई एक–एक गरेर सबै सर्भरको बारेमा जानकारी दिनेछौं । साथै, यी कहाँ प्रयोग हुन्छन् भन्ने कुरा पनि बताउनेछौं ।

मेल सर्भर

सबैभन्दा पहिले हामी मेल सर्भरको कुरा गर्छौं । आज इन्टरनेटमा धेरै मेल सर्भरहरू उपलब्ध छन्, जस्तै जीमेल, याहू मेल, आईक्लाउड मेल, जोहो मेल, आउटलुक मेल, एओएल मेल र अन्य धेरै मेल सेवाहरू । यी सबै कम्पनीका सेवाहरूको लाभ लिन हामीलाई मेल सर्भरको आवश्यकता पर्छ ।

वेब सर्भर

यही वेब सर्भरको उपयोग हामी सबैभन्दा बढी गर्छौं । यो सर्भरको माध्यमबाट हाम्रो वेब ब्राउजरमा वेबसाइट देखिन्छ । वेब सर्भरको काम डेटा पठाउन र वेब ब्राउजरमा डेटा प्राप्त गर्न हो ।

गेम सर्भर

यस गेम सर्भरको मद्दतले नै हामी अनलाइन गेम खेल्न सक्छौं । यसले हाम्रो स्मार्टफोनबाट डेटा पठाउन र प्राप्त गर्न मद्दत गर्छ । त्यो पनि रियल टाइममा, किनकि गेम खेल्दा सर्भरको छिटो हुनु धेरै आवश्यक हुन्छ । 

एफटीपी सर्भर

जब कहीं सर्भरको कुरा हुन्छ, तब एफटीपी सर्भरको कुरा अवश्य गर्ने गरिन्छ । किनकि यो इन्टरनेटमा उपलब्ध सबैभन्दा पुरानो सर्वर मध्ये एक हो । एफटीपी (फाइल्स ट्रान्सफर प्रोटोकल) नामबाट नै थाहा हुन्छ कि यस सर्भरको उपयोग केवल फाइलहरू पठाउन र प्राप्त गर्नका लागि हुन्छ ।

सर्भरको के उपयोग छ ?

सर्भरको उपयोग आज हरेक ठाउँमा हुन्छ, चाहे त्यो स्कूल होस् या कुनै कम्पनी । हरेक ठाउँमा आफ्नो डेटा पठाउन र प्राप्त गर्न सर्भरको आवश्यकता पर्छ । तर सबैभन्दा बढी उपयोग टेक कम्पनीहरूले गर्छन्, किनकि तिनीहरूलाई आफ्ना ग्राहकहरूलाई सेवा दिन सर्भरको बढी आवश्यकता हुन्छ ।

सरकारी निकायहरूले पनि सर्भरको उपयोग गर्छन् । सरकारले यसको धेरै उपयोग सरकारी योजनाहरूको जानकारी स्टोर गर्नका लागि गर्छ ।

हामीले सर्भरको कहाँ–कहाँ बढी उपयोग हुन्छ भन्ने बारे जानकारी प्रदान गरेका छौं । यसले तपाईंलाई केही मद्दत मिल्नेछ ।

  • अनलाइन क्लाउड स्टोर
  • भिडियो स्ट्रिमिङ
  • बैंकिङ क्षेत्र
  • सामाजिक सञ्जाल
  • मेसेज पठाउन

सर्भरको प्रयोग अनलाइन मेसेज पठाउनमा पनि धेरै हुन्छ । अहिले प्रत्येक दिन संसारभर धेरै संख्यामा सन्देश पठाइन्छ र प्राप्त गरिन्छ ।