कीवर्डहरू -

अकाउन्ट ह्याक हुनबाट जोगाउन कस्तो खालको पासवर्ड राख्ने ?

अकाउन्ट ह्याक हुनबाट जोगाउन कस्तो खालको पासवर्ड राख्ने ?

फोनमा लगभग सबै एपमा पहुँच गर्नका लागि लगइन आईडी–पासवर्डको धेरै आवश्यकता हुन्छ । पासवर्ड नै हो जसले यो निर्णय गर्छ कि अकाउन्ट वा एप कति सुरक्षित रहनेछ ।

यदि तपाईं कमजोर पासवर्ड राख्नुहुन्छ भने, ठूलो सम्भावना छ कि तपाईंको अकाउन्टलाई कुनै पनि ह्याकरले ह्याक गर्न सक्छन् ।

त्यसैले, सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड बनाउँदा केही गल्तीहरू कदापि गर्नु हुँदैन् । केही आधारभूत कुरामा ध्यान दिएमा तपाईंको सामाजिक सञ्जाल अकाउन्ट कहिल्यै ह्याक हुनेछैन् ।

मोबाइल नम्बर पासवर्ड बनाउने गल्ती

धेरैजसो मानिसहरूको बानी हुन्छ कि उनीहरू आफ्नो मोबाइल नम्बरलाई नै पासवर्ड बनाइदिन्छन्, जुन सुरक्षाको हिसाबले एकदमै सही छैन् । यो एकदमै सामान्य पासवर्ड हो जसलाई ह्याकरहरूका लागि ह्याक गर्न सजिलो हुन्छ । यदि तपाईं यो गल्ती गर्दै हुनुहुन्छ भने तपाईंको संवेदनशील डेटा जोखिममा पर्न सक्छ । त्यसैले यस्तो बिल्कुल नगर्नुहोस् । 

सबै ठाउँमा एउटै पासवर्ड

तपाईंले आफ्नो सबै सामाजिक सञ्जाल अकाउन्टहरूमा एउटै पासवर्ड राख्नुभयो भने, तपाईंले सुरक्षा र गोपनीयताको हिसाबले ठूलो गल्ती गर्नुभएको छ । ह्याकरहरूका लागि सबै सोशल मिडिया अकाउन्टमा एउटै पासवर्ड राख्नाले अकाउन्ट ह्याक गर्न सजिलो हुन्छ । यदि उनीहरूले कुनै एक सोशल अकाउन्ट ह्याक गरे भने, अरू सबै प्लेटफर्म पनि उनीहरूको कब्जामा जान सक्छ । त्यसैले, हरेक अकाउन्टका लागि फरक र बलियो पासवर्ड राख्नुहोस् ।

कुनै पनि ठाउँमा पासवर्ड नलेख्नुहोस्

बानी अनुसार, केही मानिसहरू आफ्नो पासवर्ड पर्ची वा किताबको पछाडि लेखिदिन्छन्, जसका कारण यदि पर्ची वा किताब हरायो भने ठूलो समस्या खडा हुन सक्छ । त्यस्तै, केही मानिसहरूले जुन पर्चीमा पासवर्ड लेखेका हुन्छन्, त्यसलाई मोबाइलको पछाडि कभरमा राखिदिन्छन् । यस्तो अवस्थामा सुरक्षा जोखिममा पर्न सक्छ ।

केही सामान्य पासवर्ड

अनुसन्धानले देखाउँछ कि लगभग ४५ लाख प्रयोगकर्ताहरूले ’१२३४५६’ पासवर्डको प्रयोग गरेका छन् भने ४० लाखजना यस्ता प्रयोगकर्ताहरू छन् जसले ‘एडमिन’ पासवर्ड राखेका छन् । यो बाहेक १३.७ लाखजना यस्ता छन् जसले १२३४५६पासवर्ड प्रयोग गर्छन् ।  प्रयोगकर्ताहरूले आफ्नो सुरक्षा कुनै पनि हालतमा जोखिममा राख्नु हुँदैन ।