कीवर्डहरू -

ह्वाट्सएपमा गरिएको च्याट अब एक्सपोर्ट गर्न नसकिने

ह्वाट्सएपमा गरिएको च्याट अब एक्सपोर्ट गर्न नसकिने

ह्वाट्सएपले नयाँ फिचर ‘एड्भान्स च्याट प्राइभेसी’ फिचर ल्याएको छ । यो फिचरको काम भनेको प्रयोगकर्ताहरूलाई कुराकानीको सामग्री शेयर गर्बाट रोक्न मिल्ने हो ।  

यो सुविधा र च्याट र ग्रुप दुवैमा उपलब्ध हुनेछ । एकपटक चयन गरेपछि, च्याटमा रहेका कुनै पनि व्यक्तिलाई ह्वाट्सएप बाहिर केही पनि साझा गर्नबाट रोक्नेछ । 

यसको अर्थ, च्याट एक्सपोर्ट गर्न मिल्ने छैन । त्यति मात्र होइन, यसले स्मार्टफोनमा मिडिया स्वतः डाउनलोड हुन पनि रोकिनेछ र एआई असिस्टेन्टसँगको इन्टिग्रेसन पनि बन्द हुनेछ । 

सरल भाषामा भन्नुपर्दा ह्वाट्सएपमा हुने कुरा ह्वाट्सएपमै रहनेछ । यद्यपि, यसले स्क्रिनसट लिन रोक्नेछ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन । 

ह्वाट्सएपले यो फिचर सबैलाई नजिकबाट नचिनिए पनि संवेदनशील विषयहरूमा कुरा गरिने ग्रुपमा उपयोगी हुनेछ । 

कम्पनीका अनुसार यो पहिलो संस्करण मात्र हो र भविष्यमा थप सुरक्षा उपायहरू पनि थपिनेछन् । यो सुविधा अहिले विश्वभरि क्रमिक रूपमा सार्वजनिक हुँदैछ, तर सबैलाई पुग्न एक-दुई महिना लाग्न सक्ने छ ।