ह्वाट्सएपको प्रयोग आज दुनियाँभर लाखौं मानिसले गरिरहेका छन्। कम्पनीले पनि प्रयोगकर्ता अनुभव राम्रो बनाउने उद्धेश्यले एकपछि अर्को नयाँ–नयाँ फिचरहरू ल्याइरहेको छ। अहिले, एउटा हालैको रिपोर्टले देखाएको छ कि चाँडै कम्पनीले एउटा नयाँ सुरक्षा फिचर ल्याउन लागेको छ, जसले प्रयोगकर्ताहरूलाई साइबर आक्रमणबाट बचाउन मद्दत गर्नेछ।
कम्पनीले स्ट्रिक्ट अकाउन्ट सेटिङ्स नामकाे एउटा नयाँ फिचर ल्याउँदैछ। यसलाई विशेष गरी ती प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो जो लक्षित साइबर आक्रमणको जोखिममा पर्न सक्छन्। यो नयाँ फिचर डब्ल्यूएबिटा इन्फो नामको फिचर ट्र्याकरले एन्ड्रोइड 2.25.33.4 भर्सनमा फेला पारेको हो। हाल यो फिचर परीक्षणमा छैन, बरु विकास चरणमा छ।
यस मोडमार्फत् प्रयोगकर्ताले एकै टगलबाट आफ्नो अकाउन्टमा धेरै सुरक्षा सेटिङहरू एकैपटक अनलक गर्न सक्नेछन्। अर्थात् अलग–अलग प्राइभेसी अप्सनहरू छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने हुँदैन। अब हेर्नुहोस् यस मोड अन्तर्गत कुन–कुन एडभान्स सुरक्षा फिचरहरू उपलब्ध हुनेछन् ।
आइपी एड्रेस प्रोटेक्शन
यस मोडमा कलहरू गर्दा आफ्नो IP ठेगाना लुकाउन सकिने सुविधा हुनेछ। ह्वाट्सएप कलहरू कम्पनीका सर्वरहरूमार्फत रुट गरिनेछन्, जसले गर्दा कोही पनि तपाईंको स्थान ट्र्याक गर्न सक्दैन।
मिडिया एन्ड फाइल ब्लकिङ
यस मोडमा अपरिचित नम्बरहरूबाट आउने फोटो, भिडियो वा डकुमेन्टहरू स्वतः डाउनलोड हुँदैनन्। यसले मालवेयर वा फिशिङ लिङ्कहरूबाट सुरक्षा दिन्छ।
लिङ्क प्रिभ्यू डिसेबल
यस मोडमा च्याटमा पठाइएका लिङ्कहरूको प्रिभ्यू अटोमेटिक्ली नखुल्नेछ। यसले IP लीक वा ट्र्याकिङको सम्भावना निकै कम गर्छ।
म्युट अननोन कल्स
कुनै अपरिचित नम्बरबाट आउने कलहरू स्वचालित रूपमा म्यूट हुनेछन, जसले स्प्याम वा फ्रड कलहरूबाट बचाउँछ।
ग्रुप इनभाइट रेस्ट्रिक्शन्स
यस मोडबाट तपाईंले नियन्त्रण गर्न सक्नुहुनेछ कि केवल सेभ गरिएका कन्ट्याक्टहरू मात्र तपाईंलाई ग्रुपमा थप्न सकून्। यसले अनावश्यक ग्रुप र स्प्याम कम गर्छ।
प्राइभेसी कन्ट्रोल्स
मोडमा तपाईंले प्रोफाइल फोटो, स्टाटस र लास्ट सीन जस्ता विवरणहरू केवल तपाईंका कन्ट्याक्टहरूमा सीमित गर्ने सुविधा पाउनुहुनेछ।
सिक्युरिटी अलर्ट्स
यदि कसैको एनक्रिप्सन कोड परिवर्तन हुन्छ भने एपले तपाईँलाई नोटिफिकेसन पठाउनेछ ताकि तपाईँ च्याटको प्रमाणिकता जाँच गर्न सक्नुहुनेछ।
टू-स्टेप भेरिफिकेसन अटो इनएबल
यस मोडमा दुई–स्टेप भेरिफिकेसन स्वचालित रूपमा सक्रिय हुनेछ, जसले तपाईंको अकाउन्टलाई पिन मार्फत अतिरिक्त सुरक्षा प्रदान गर्नेछ।
आईसीटी समाचार