कीवर्डहरू -

यी गल्ती गर्दा चाँडै बिग्रिन सक्छ तपाईको स्मार्टफोन

यी गल्ती गर्दा चाँडै बिग्रिन सक्छ तपाईको स्मार्टफोन

मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै पटक हामी मोबाइल प्रयोग गर्छौं । हुन पनि हो, पछिल्लो समय सबै कुरा डिजिटाइज भइरहँदा मोबाइलबाटै धेरै काम गर्न सकिन्छ ।

तर हाम्रो दैनिकसँग जोडिएको मोबाइल फोन हाम्रा केही साना साना बानीले बिग्रन सक्छ । जानेर नजानेर हामीले सधै यस्ता केही गल्ती गरिरहेका हुन्छौं, जसले हाम्रो मोबाइल फोन विस्तारै बिग्रदै जान्छ । आज हामी तपाईलाई ७ यस्ता गल्तीको बारेमा जानकारी दिदैछौं, जसले तपाईको मोबाइलको जीवन घटाइरहेको हुन्छ ।

१. उच्च तापक्रममा स्मार्टफोन

तपाईले आफ्नो स्मार्टफोनलाई धेरै बेरसम्म उच्च वा एकदमै कम तापक्रममा छोड्ने गर्नुहुन्छ भने त्यसले पनि स्मार्टफोनलाई नराम्रो असर गर्ने गर्दछ । धेरै उच्च वा एकदमै कम तापक्रममा राख्दा ब्याट्री छिटै घट्छ । यसले डिभाईस चाँडै पूरानो पनि हुने गर्दछ र डिभाइसमा स्थायी रुपमा ठूलै समस्या पनि आउन सक्छ ।

अहिलेका आधुनिक डिभाइसहरुमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ । यसलाई एकदमै उच्च तापक्रममा राख्दा ब्याट्रीलाई नराम्रो असर गर्ने गर्दछ । तपाईले डिभाइस चलाउँदा डिभाइस तातिएको जस्तो लागेमा त्यसलाई एकछिन चिसो हुन दिनुहोस् । ओभर हिटिङ भएमा डिभाइस चाँडै बिग्रिने गर्दछ ।

२. गलत चार्जरको प्रयोग

सबै चार्जरहरूले एउटै काम गर्ने हुँदा आफ्नो डिभाइसमा जुन चार्जर कनेक्ट गर्दा पनि हुन्छ जस्तो तपाईलाई लाग्ला । कुनै पनि फोनको केबल कनेक्टर आफ्नो डिभाइसमा मिल्न गएमा हामीले डिभाइसले राम्रै काम गर्छ भन्ने सोच्छौं । अरू चार्जरले तपाईको डिभाइस चार्ज गरे पनि आफ्नो डिभाइसको चार्जर जस्तै प्रभावकारी रुपमा काम गर्दैन् ।

अरू डिभाइसको चार्चर प्रयोग गरेमा तपाईको ब्याट्री लाइफमा समस्या आउन सक्छ । यसले तपाईको फोनको चार्जिङ्ग पोर्टलाई पनि नोक्सान पुर्याउन सक्छ । सबै चार्जरले एकैनास ऊर्जा दिदैनन् र केहीको गुणस्तरीयता अरु भन्दा बढी हुन्छ । तर यति भन्दै गर्दा तपाईले आफ्नै डिभाइसको ओर्जिनल ब्याट्री मात्रै चलाउनुपर्छ भन्ने होइन् । तपाईले राम्रो ब्राण्डहरुको चार्जर प्रयोग गरेमा डिभाइसलाई त्यति नराम्रो असर गर्दैन् । त्यो चार्जर तपाईको फोन निर्माता कम्पनीबाट प्रमाणित भने हुनुपर्छ ।

३. मालिसियस एप डाउनलोड

तपाईले कुनै एप प्लेस्टोर वा एपस्टोरमा पाउनु हुँदैन् । नपाएपछि तपाईले उक्त एप डाउनलोड गर्न अतिरिक्त उपायहरु अपनाउनु हुन्छ । तर अन आधिकारिक स्रोत वा तेस्रो पक्षीय एप स्टोरहरुबाट एप डाउनलोड गर्दा मालवेयर आउने जोखिम हुन्छ । मालिसियस एपले तपाईको डिभाइसलाई भाइरस र स्पाईवेयरबाट संक्रमित गरेर निजी जानकारी, पासवर्ड र बैकिंग विवरणहरु चोर्न सक्छन् ।

यति मात्रै होइन मालिसियस एपहरुले साइबर अपराधीहरूलाई तपाईको डिभाइसको क्यामेरा र माइक्रोफोनको एक्सेस पनि दिन सक्छ । धेरैजस्तो समय आधिकारिक प्ले स्टोर तथा गूगल स्टोरबाट एप डाउनलोड गर्दा एप सुरक्षितनै हुने गर्दछ किनभने यी प्लेटफर्महरुमा स्क्रीनिङ्ग हुने गर्दछ । यसले मालवेयरबाट बच्न दिन्छ ।

४. ब्याकग्राउण्डमा चल्ने एप हटाउने

के तपाईले फोनको पर्फरमेन्स वृद्धि गर्न ब्याकग्राउण्डको एपहरु हटाइरहनुहुन्छ ? यो त्यति प्रभावकारी हुँदैन् र यसले तपाईको फोनको परफरमेन्सलाई वृद्धि गर्नु भन्दा बढि नोक्सानी पुर्याउने गर्दछ । हामी धेरैले ब्याकग्राउण्डमा धेरै ओटा एप चलिरहँदा फोन स्लो हुन्छ भन्ने बुझ्छौं तर आधुनिक स्मार्टफोनलाई त्यस्तो प्रेसर ह्याण्डल गर्ने हिसाबले नै निर्माण गरिएको हुन्छ ।

नयाँ स्मार्टफोनहरुमा ब्याकग्राउण्ड एपहरु एकदमै लो पावर स्टेटमा चलिरहेका हुन्छन् । त्यसैले यी एपहरुलाई बलपूर्वक बन्द गर्नुभन्दा त्यतिकै चलिरहन दिनु उचित हुन्छ । किनभने तपाईको फोन कम ऊर्जामै सक्रिय एपबाट ब्याकग्राउडमा स्वीच हुने गर्दछ, जसले गर्दा तपाई पछि आएर पनि जहाँ छोड्नुभएको थियो त्यहीँबाट निरन्तर रुपमा चलाउन सकिन्छ । यसले तपाईको डिभाइसमा खासै दबाब पार्दैन् तर तपाईले ब्याकग्राउण्ड एप बन्द गर्दा फेरि एप खोल्ने गर्नुहन्छ भने यसले तपाईको डिभाइसमा बढी ऊर्जा खपत गरेर अझै बढि दबाब सिर्जना गर्दछ ।

५. अपडेटलाई ध्यान नदिने

हामीहरू फोनले पटकपटक नयाँ सफ्टवेयर अपडेट आयो भनेर नोटिफिकेसन पठाउँदा दिक्कदार मान्छौं । तर यो एक महत्वपूर्ण नोटिफिकेसन हो, जसले तपाईको डिभाइसलाई राम्रोसँग चल्नलाई दिन्छ । साधारणतय यस्ता अपडेटहरु यूजर एक्सपेरियन्स बढाउन मात्रै नभएर नयाँ साइबर समस्याहरबाट सुरक्षित राख्न सार्वजनिक गरिएका हुनछन् । यी नोटिफिकेसनलाई याद नगर्नु भनेको मालवेयर आक्रमणहरुलाई स्वागत गर्नु हो ।

यति मात्रै नभएर अपडेटले बगहरु पनि समाधान गर्दछन् । त्यसकारण अबदेखि अपडेटको नोटिफिकेसन आउने बित्तिकै समयमै अपडेट डाउनलोड र इन्स्टल गर्नुहोला ।

६. सार्वजनिक वाईफाईको प्रयोग

नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बनाएको छ तर सँगसँगै थ्रेट पनि बढीरहेको छ । स्मार्टफोन, ट्याब्लेट, तथा एड्भान्स्ट कम्प्युटरहरुको प्रयोग अहिले अपरिहार्य बनिसकेको छ । यस्ता डिभाइसहरु इन्टरनेट अधिकमात्रामा जोडिएका हुन्छन् । त्यसैले आम मानिसको ठूलो समूह भर्चुअल दुनियाँमा आफ्नो धेरै र महत्वपूर्ण समय व्यथित गरिरहेको छ । भर्चुअल दुनियाँमा पनि असल र खराब दुबै प्रकृतिका मानिसको उपस्थिति छ । इन्टरनेटमा ह्याकर अहिले ठूलो चुनौतिको रुपमा रहेका छन् ।

यसले गर्दा हामी भर्चुअल दुनियाँमा रहँदा सेक्युरिटीलाई ख्यान गर्नुपर्ने हुन्छ । हामीले पब्लिक वाइफाइ नेटवर्क चलाउँदा एकदमै सर्तकता अपनाउनु महत्वपूर्ण हुन्छ । पब्लिक वाईफाई नेटवर्क चलाउँदा ओभरहिटिङ, मालवेयरबाट संक्रमण हुने र ब्याट्री छिटै सकिनेजस्ता समस्याहरु हुने गर्दछन् ।

७. गलत चार्जिङ्ग

मोबाइल पुरानो हुँदै गएपछि ब्याट्रीको क्षमता पनि कम हुँदै जान्छ । केही नराम्रो चार्ज गर्ने तरीकाले झनै छिटो मोबाइल बिग्रिन सक्छ । ब्याट्रीलाई जहिले पनि शत प्रतिशतसम्म चार्ज हुन दिनु पनि दिगो समयका लागि उचित हुँदैन् । तपाईको ब्याट्रीमा सिमित चार्ज साइकल हुने भएकाले शत प्रतिशतसम्म चार्ज गरिरहेमा परफरमेन्स राम्रो दिदैन् । तपाईले ब्याट्री पर्सेन्ट ३० देखि ८० प्रतिशतको बिचमा सन्तुलित राखेमा फोनको ब्याट्री एकदमै स्वस्थ रहनेछ ।

फोन चार्ज गर्दा पनि शीतल र हावेदार ठाउँमा गरेको उचित हुन्छ । सिरानीको तलमा घाम आउने ठाउँमा चार्ज गर्दा ब्याट्रीलाई नराम्रो असर पर्ने गर्दछ ।