सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङको नेतृत्व बसेको मन्त्रालयको बैठले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।
सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल बन्द हुने र सूचीकरण गरेमा सोही क्षणदेखि सक्रिय गराउन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।
नेपालमा केही समाजिक सञ्जाल यसअघि नै दर्ता भइसकेका छन् । तर ठूला सामाजिक सञ्जाल भने दर्ता भएका छैनन् ।
सरकारको निर्णयसँगै कुन सामाजिक सञ्जाल चल्छन् ? कुन चल्दैनन् ? हामी जानकारी दिदैछौं ।
कुन कुन सामाजिक सञ्जाल चल्छन् ?
- टिकटक
- भाइबर
- निम्बज
- वीटक
- पोपोलाइभ
दर्ताको प्रक्रियामा भएका सामाजिक सञ्जाल
- टेलिग्राम
- ग्लोबल डायरी
कुन कुन सामाजिक सञ्जाल चल्दैनन् ?
- फेसबुक
- म्यासेन्जर
- इन्स्टाग्राम
- युट्युब
- ह्वाट्सएप
- एक्स
- लिंक इड
- स्न्याप चयाट
- रेडिट
- डिस्कर्ड
- पिन्ट्रेस्ट
- सिग्नल
- थ्रेड
- वी च्याट
- क्लब हाउस
- लाइन
- इमो लगायत