कीवर्डहरू -

नेपाली सम्पदाको डिजिटल संरक्षण गर्दै मेसोभिसन, क्युआर स्क्यान गरेरै अब सबै जानकारी पाइने

नेपाली सम्पदाको डिजिटल संरक्षण गर्दै मेसोभिसन, क्युआर स्क्यान गरेरै अब सबै जानकारी पाइने

अब कहाँ एपबाटै क्युआर स्क्यान गरेर नेपालका सम्पदाहरूको सबै जानकारी पाइने भएको छ । यसका लागि सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजीले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको डिजिटल संरक्षण तथा प्रवर्द्धन अभिवृद्धिका लागि ‘सम्पदा परियोजना’ सुरू गरेको छ । 

कम्पनीले व्यवसायीक सामाजिक उत्तरदायीत्व (CSR) अन्तर्गत सुरू गरेको परियोजनाबाट सास्कृतिक र धार्मिक धरोहारहरुको डिजिटल संरक्षण र प्रवर्द्धन हुने अपेक्षा लिएको छ । 

‘यसबाट नेपालको ऐतिहासिक तथा संस्कृतिक वैभवको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप पहिचान प्राप्त गर्ने अपेक्षा गरेका छौं,’ मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले भने, ‘नेपालको धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि हामी स्थानीय सरकार, स्थानीय/सामुदायीक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गर्छौं । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एप सञ्चालनमा ल्याएको छ ।’

नेपालको विकास बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार विकासका लागि बिनियोजित हुँदा सम्पदाको संरक्षणको विषय सधै ओझेलमा पर्दै आएको छ । ‘ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी बिनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको छ,’ क्षेत्रीले भने, ‘मेसोभिसनले सीएसआर अन्तर्गत सञ्चालन कार्यक्रममा सबैले नि:शुल्क सहज रुपमा एप प्रयोग गर्न पाउनु हुने छ ।’

मेसोभिसनले सञ्चालन गर्ने ‘कहाँ एप’ प्रविधिक रुपमा उन्नत मात्रै नभएर सम्पदाको संरक्षण तथा प्रवर्द्धनको प्रयासमा स्थानीय समुदायको स्वामित्व र जिम्मेवारीको भावना समेत उत्पन्न गराउने गरि निर्माण गरिएको कम्पनीको भनाइ छ । यसले नेपालको सम्पदाको डिजिटल डकुमेन्टेसनमा भएको कमीलाई पुरा गर्न कोसिस गर्ने कम्पनीको अपेक्षा छ । सम्पदाको संरक्षण, डिजिटलाइजेसन र अभिलेखिकरण गर्ने प्रक्रियाको विधि निर्माण गर्ने र नेपालको सम्पदा, विश्वव्यापी डिजिटल पहुँच पुर्‍याउने छ । 

कम्पनीले सम्पदा परियोजनाको उद्देश्य प्राप्त गर्नका लागि प्रयोगकर्ता केन्द्रमा राखेर नवप्रवर्द्धन, कम खर्चिलो, प्रविधि प्रयोगका लागि ‘कहाँ एप’  बनाएको हो । प्रयोगकर्ताको सम्पदाको वैभवसँग बढीभन्दा बढीअन्तर्क्रियात्मक होस भन्ने कहाँ एपमा विभिन्न विशेषतालाई समावेश गरेको छ । यसमा राखिएको जानकारी आधिकारिक स्रोतबाट ल्याइने हुनाले विषयवस्तु विश्वनीय हुनेछ । यसमा नेपाल, अंग्रेजीसहित विभिन्न भाषाहरुमा जानकारी रहने छन् । प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रुपान्तरण गर्न सक्ने गरि निर्माण गरिएको छ ।

सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर त्यसमा वृहत श्रव्यको प्रयोग गरिएको छ । प्रयोगकर्ताले एपमा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तर्क्रिया गर्न सकिने छ । त्यसैगरी एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सक्नुहुनेछ । एपमा रहेको नोटिस बोर्डबाट अद्यावधिक जानकारीबाट सुसुचित हुनेछ र क्युआर जेनेरासन तथा कहाँमा ट्याग गरी सूचना शेयर गर्न सकिने छ । 

‘हामीले दीर्घकालीन सोच र दिगो संस्कृतिक संरक्षणको प्रयासमार्फत मापदण्ड स्थापित गर्ने आशा लिएका छौं । जसबाट स्थानीय जनता मात्रै नभएर विश्वभरका मानिस लाभान्वित हुनुहुनेछ,’ क्षेत्रीले भने, ‘यस विषयमा तपाईहरुको चासो के हो भन्ने विषयलाई मेसोभिजनले गम्भीरतापूर्वक लिनेछ र तपाईंकोतर्फबाट रचनात्मक प्रतिक्रियाहरुको अपेक्षा गरेका छौ ।’