कीवर्डहरू -

बागमती प्रदेशमा सवारी चलाउँदा अब नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने

बागमती प्रदेशमा सवारी चलाउँदा अब नागरिक एपमा भएको लाइसेन्स देखाए पुग्ने

बागमती प्रदेशमा सवारीसाधन चलाउँदा चालकहरूले नागरिक एपको भएको स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) देखाए पुग्ने भएको छ । 

नागरिक एपमा भएको क्यूआर कोडसहितको भर्चुअल लाइसेन्स देखाए पछि ट्राफिक प्रहरीले स्मार्टफोनबाट लाइसेन्स स्क्यान गरेर लाइसेन्स जाँच गर्नेछ । 

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने १०४ थान स्मार्टफोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताए ।