कीवर्डहरू -

किन घोष्ट ह्याकरले मरेका व्यक्तिहरूको अकाउन्टलाई निशाना बनाइरहेका छन् ?

किन घोष्ट ह्याकरले मरेका व्यक्तिहरूको अकाउन्टलाई निशाना बनाइरहेका छन् ?

साइबर अपराध तीव्र रूपमा बढिरहेको छ । स्क्यामरहरूले मानिसहरूलाई लक्षित गर्न नयाँ–नयाँ तरिकाहरूको प्रयोग गरिरहेका छन् । यी ह्याकर्सले मरेपछि पनि मानिसहरूलाई छोड्दैनन् । वास्तवमा, स्क्यामरहरूको नयाँ निशाना बितिसकेका मानिसहरू परेका छन् । यस्ता ह्याकर्सलाई घोष्ट ह्याकर(भुतहा ह्याकर) भनेर चिनिन्छ । 

यद्यपि स्क्यामरहरूले विभिन्न तरिकाले मानिसहरूलाई निशाना बनाउँछन्, तर यो तरिका नयाँ छ र अहिलेको समयमा चलनमा छ । यसका लागि ह्याकर्सले सामाजिक सञ्जालमा ध्यान राख्छन् र कसैको मृत्युको खबर आउनासाथ सक्रिय हुन्छन् । 

घोष्ट ह्याकरलाई कसैको मृत्युको जानकारी प्राप्त भएपश्चात् उनीहरूले मृत व्यक्तिको सामाजिक सञ्जाल अकाउन्ट र अन्य अकाउन्टहरूमा पहुँच पाउने प्रयास गर्छन् । यसका लागि, यी ह्याकर्सले पहिला त ती व्यक्तिसँग सम्बन्धित सबै जानकारी संकलन गर्छन् ।

उदाहरणका लागि, उनीहरूको सामाजिक सञ्जाल खोतलेर सबै विवरणहरू संकलन गर्छन् । त्यसपछि, ह्याकर्सले सामाजिक इन्जिनियरिङ लगायतका तरिकाबाट अकाउन्टमा पहुँच पाउने कोशिस गर्छन् । कमजोर पासवर्डहरू तोड्ने, सुरक्षा प्रश्नहरूको उत्तर दिई पासवर्ड रिसेट गर्न खोज्ने जस्ता तरिकाहरू पनि अपनाइन्छ ।

एकपटक जब यी ह्याकर्सले कसैको अकाउन्टमा पहुँच पाउँछन्, त्यसपछि उनीहरूले विभिन्न अपराधहरू गर्दछन्।  किनभने यी स्क्यामरहरूको अन्तिम लक्ष्य पैसा कमाउनु हुन्छ । त्यसैले अकाउन्टको पहुँच पाएपछि, उनीहरूले स्पाम पठाउने वा कुराकानीको फाइदा उठाउने काम गर्छन् । 

तपाईं के गर्न सक्नुहुन्छ?

सामाजिक सञ्जाल प्लेटफर्महरूले मृत व्यक्तिहरूको अकाउन्ट व्यवस्थापन गर्न विकल्प दिन्छन् । उदाहरणका लागि, फेसबुकमा कुनै प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो अकाउन्टको के हुनेछ भनेर निर्धारण गर्न सक्छन् । कसले यसलाई व्यवस्थापन गर्न सक्छ वा यसको प्रोफाइल निष्क्रिय हुनेछ भनेर छान्न सक्छन् ।

केवल फेसबुक मात्र होइन, यस्ता फिचरहरू इन्स्टाग्राम र एक्समा पनि उपलब्ध छन् । यी सबै प्लेटफर्महरूमा सेटिङमा गएर तपाईंले यो सेटिङ अन गर्नुपर्छ । मेमोरलाईजेसनको अप्सनमा गई लेगेसी अकाउन्ट चयन गर्नुपर्छ ।