कीवर्डहरू -

ब्याकअप बिना ह्वाट्सएप च्याट कसरी ट्रान्सफर गर्ने ?

ब्याकअप बिना ह्वाट्सएप च्याट कसरी ट्रान्सफर गर्ने ?

व्यक्तिगत तथा व्यवसायिक म्यासेज आदान प्रदान गर्न ह्वाट्सएप महत्त्वपूर्ण माध्यम भएको छ । तर कहिलेकाँही नयाँ फोनमा ह्वाट्सएप प्रयोग गर्दा च्याट ट्रान्सफर गर्न धेरै गार्‍हो हुन्छ ।

त्यसैकारण ह्वाट्सएपले यस प्रक्रियालाई सजिलो बनाउने गरी नयाँ सुविधा थप गरेको छ । ​​​​​​ यसका लागि​ह्वाट्सएपले क्यूआर कोड आधारित च्याट ट्रान्सफर सुविधा सुरू गरेको छ । यस सुविधाबाट आफ्नो सम्पूर्ण ह्वाट्सएप च्याट इतिहास अर्को फोनमा ट्रान्सफर गर्न सकिन्छ । 

यस्तो अवस्थामा, तपाईंले ट्रान्सफर गर्नु अघि च्याट ब्याकअप गर्न आवश्यक छैन् । यसका लागि सबैभन्दा पहिले ह्वाट्सएप एप अपडेट गर्नुहोस् । अपडेट भएपछि ह्वाट्सएप खोल्नुहोस् र सेटिंगमा जानुहोस् ।

अब च्याटमा जानुहोस् र ट्रान्सफर च्याटको विकल्पमा क्लिक गर्नुहोस् । अनि स्टार्टमा क्लिक गर्नुहोस्, नियरबाई वाइफाई एण्ड लोकेशनलाई अनुमति दिनुहोस् । त्यहाँ एउटा क्युआर देखिने छ । यसपश्चात तपाईले नयाँ फोनमा पनि क्यूआर कोड देख्नुहुनेछ ।

यति गरेपछि तपाईले पुरानो फोनबाट च्याट ट्रान्सफरको विकल्प देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् । यति भएपछि केही समय पर्खनु पर्छ र च्याट ट्रान्सफर हुनेछ ।

क्यूआर कोड मार्फत ह्वाट्सएप च्याट ट्रान्सफर गर्दा दुबै फोनमा ह्वाट्सएप इन्स्टल र ह्वाट्सएपको नवीनतम संस्करण हुनु पर्नेछ । यस बाहेक, दुबै फोनहरू एउटै वाइफाइ नेटवर्कमा जडान हुनुपर्नेछ ।