हामीले दिनदिनै फेसबुक, युट्युब, ट्विटर जस्ता विभिन्न सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छौं । यसका अलवा हामीले आवश्यकता अनुसार विभिन्न वेबसाइटहरूमा अकाउन्ट बनाइरहेका हुन्छौँ ।
त्यहाँ अकाउन्ट बनाउने क्रममा साइबर सुरक्षाका लागि पासवर्ड, सेक्युरिटी प्रश्न, फोन नम्बर भेरीफिकेशन जस्ता धेरै विकल्पहरू प्रस्तुत गरिएको हुन्छ ।
यी सबैलाई नै दुई कारक प्रमाणीकरण अर्थात टु फ्याक्टर अथेन्टिकेसन (टुएफए) भनिन्छ । यो एकल कारक प्रमाणीकरण अर्थात सिंगल फ्याक्टर अथेन्टिकेसनको विरुद्धमा विकास भएको थियो ।
अनलाइन सुरक्षाको लागि 2FA किन आवश्यक छ भन्ने जान्नु पूर्व यसले कसरी काम गर्छ भन्ने जान्नु आवश्यक छ । यसका लागि प्रयोगकर्ताले सुरुमा आफ्नो नाम र पासवर्ड प्रविष्ट गरेपछि यस प्रणालीले प्रयोगकर्तालाई प्रमाणीकरण गर्न दोस्रो विकल्प प्रदान गर्दछ ।
जस्तै यदि हामीले आफ्नो गूगल अकाउन्टमा Two Factor Authentication अन गरेको भए जीमेलमा त्यसको जानकारी पुग्छ । त्यसपछि तपाईंले प्रमाणीकरणका लागि फिंगरप्रिन्ट वा फेस स्क्यान वा अन्य विकल्पबाट प्रमाणित गरेपछि अब तपाईंले यसले उनीहरूलाई प्रयोगका लागि पहुँच उपलब्ध गर्दछ ।
हाम्रो अकाउन्टहरुलाई ह्याकरहरुबाट बचाउनका लागि, फिशिङ आक्रमणबाट सुरक्षा प्रदान गर्नका लागि, आफ्नो खाताको सुरक्षाको तहलाई वृद्धि गर्नका लागि, साइबर अपराधीहरूद्वारा हुने अनाधिकृत पहुँचको जोखिम कम गर्नका लागि यसको आवश्यकता बढ्दो छ ।
यसका साथसाथै टु फ्याक्टर अथेन्टिकेसन (Two Factor Authentication) लागू गर्नाले डेटा उल्लङ्घन वा अन्य सुरक्षा घटनाहरूको जोखिमलाई कम गर्न सक्छ, तपाईंको व्यवसाय र ग्राहकहरूलाई सम्भावित हानिबाट जोगाउन सक्छ ।
यति धेरै फाइदाहरु हुँदाहुँदै पनि बारम्बार प्रमाणीकरण गरिरहनु पर्ने झन्झटको कारण अझैपनि मानिसहरू सामान्य प्रयोजनको लागि यसको प्रयोग गर्न रुचाउँदैनन् । साथै प्रमाणीकरणका लागि तेस्रो पक्ष जस्तै एसएमएस, जीमेल जस्ता स्रोतको भर पर्नुपर्ने अवस्था छ ।
समग्रमा, टु फ्याक्टर अथेन्टिकेसनका बेफाइदा भन्दा फाइदा बढी छन् । यो एक महत्त्वपूर्ण सुरक्षा उपाय हो, जुन संगठन वा व्यक्तिहरूले आफ्नो अनलाइन खाता र प्रणालीहरू सुरक्षित गर्न प्रयोग गर्न सक्छन् ।