पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरिकाबाट हेर्न थालिएको छ ।
एआईले काममा सहज बनाएको छ भने एआईकै कारण धेरैले रोजगारी समेत गुमाउनु परेको छ । एआईकै कारण ठूला ठूला कम्पनीहरूले कर्मचारी कटौती गरिरहेको खबर हामीले सुनिरहेका छौं ।
विभिन्न अन्तर्राष्ट्रिय तथ्यांक अनुसार एआईका कारण भविष्यमा लाखौं मानिसले रोजगारी गुमाउने छन् । बजारमा च्याटजीपीटी, गूगल बार्ड, कोपाइलट, एर्नी जस्ता एआई टुल आएपछि यसमा अझै बल पुगेको छ ।
प्रसिद्ध लगानी बैंक गोल्ड्म्यान स्याक्सले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख भए अनुसार, एआईले आगामी केही वर्षमा ३० करोड पूर्णकालीन रोजगारीलाई विस्थापित गरिदिन सक्ने छ । 
एआईले करिब करिब एक चौथाइभन्दा बढी मानिसको जागिर खोस्ने आँकलन गरिएको छ ।
अमेरिकाको प्रतिष्ठित एमआईटी र बोस्टन विश्वविद्यालयको प्रतिवेदनमा एआईले सन् २०२५ सम्ममा २० लाखभन्दा बढी उत्पादन क्षेत्रका कामदारहरूलाई विस्थापित गर्ने अनुमान गरिएको छ ।
एआईबाट कस्ता कस्ता रोजगारी गुम्न सक्नेछन् ?
प्रतिष्ठित सर्वेक्षण कम्पनी प्यु रिसर्चले हालै गरेको अनुसन्धान अनुसार, एआईका कारण सर्वाधिक जोखिममा परेका मानिसमा बजेट विश्लेषक, डेटा इन्ट्री गर्नेहरू, कर सम्बन्धी कागजात तयार पार्नेहरू, टेक्निकल राइटर, वेब डेभलपरहरूको जागिर गुम्ने देखिएको छ ।
त्यसैगरी यसको थोरै मात्र असर पर्नेमा असर पर्नेहरूमा प्रमुख कार्यकारी अधिकृतहरू, चिकित्सकहरू, घरभित्रको साजसज्जा गर्ने इन्टिरियर डिजाइनरहरू, संस्थाका लागि लगानी जुटाउने फन्डरेजरहरू र सेल्स म्यानेजरहरु छन् ।
एआईले टेलिमार्केटिङ, बूककीपिङ गर्ने लेखापाल, रिसेप्सनिस्ट, कम्प्युटर सपोर्ट दिनेहरू, मार्केट रिसर्च विश्लेषक, विज्ञापन क्षेत्रका विक्रेताहरू, रिटेल क्षेत्रमा काम गर्नेहरूको जागिरमा पनि असर पार्ने देखिन्छ । डेटा विश्लेषण गर्नेहरूलाई एआईले प्रतिस्थापित गर्ने सम्भावना बढी रहेको विज्ञहरूको भनाइ छ ।
त्यस्तै, ग्राहकहरूसँग संवाद गर्ने कस्टमर सर्भिस रिप्रेजेन्टेटिभलाई पनि एआईले विस्थापित गर्नेछ । किनकी पश्चिमी मूलुलमा आजकाल कुनै कम्पनीमा मानिसले फोन अठाएर ग्राहकसँग कुरा गर्न छाडिसकेका छन् ।
लेखापालहरूको काम पनि एआईले खोस्ने देखिएको छ । किनकी एआईले कम्पनीको सबै विवरण सही र छिटो गरिदिन्छ । त्यसैले पनि कम्पनीमा पैसा दिएर कर्मचारी राख्न छोडिसकेका छन् ।
यस बाहेक एआईले तपाईको रोजगारी खोस्ने मात्रै होइन्, यसले नयाँ रोजगारी सिर्जना समेत गर्नेछ । पछिल्लो समय एआईले गर्दा प्रम्प्ट इन्जिनियरिङ रोजगारी सिर्जना भएको छ । यसबाट मानिसहरूले महिनामा लाखौं आम्दानी गरिरहेका छन् ।
वर्ल्ड इकोनोमिक फोरमका अनुसार सन् २०२७ सम्ममा विश्वव्यापी रूपमा ६९ मिलियन नयाँ रोजगारी सिर्जना हुने र ८३ मिलियन रोजगारी गुम्ने अनुमान गरिएको छ ।
एआईले क–कसको रोजगारी खोस्न सक्दैन ?
एआईले विशेष गरी पटक पटक दोहोरिने कामलाई अटोमेट गर्नेछ । हुनत क्रियटिभिटीवाला काम पनि केही हदसम्म गर्न सक्ने एआई टुल बजारमा आउन थालिसकेका छन् । तर पनि शिक्षकहरूको जागिर एआईले खोस्न सक्दैन ।
किनकी शिक्षकले विद्यार्थीलाई अध्ययनमा मन लगाउनका लागि गर्ने प्रयास एआईबाट सम्भव छैन । कुनै कुनै कुरामा विद्यार्थीलाई शिक्षक स्वयंले मोटिभेट पनि गर्नुपर्ने हुन्छ ।
त्यस्तै, वकिल र न्यायधिशको काम पनि एआईले गर्न सक्दैन भने कुनै पनि संस्था वा कम्पनीका निर्देशक, व्यवस्थापक र प्रमुख कार्यकारी अधिकृतलाई पनि एआईले पूर्ण रूपमा विस्थापित गर्न सक्दैन ।
मनोचिकित्सक, लेखक, मशिन लर्निङ इन्जिनीयर, एआई इन्जिनीयर, डेटा साइन्टिस्ट, कम्प्युटर भिजन इन्जिनीयर, नेचुरल ल्यांग्वेज प्रोसेसिङ इन्जिनियर जस्ता विशिष्ट प्राविधिक काम गर्ने मानिसका लागि राम्रो हुने देखिएको छ ।
यी काम गर्नेलाई एआईले सहयोग गर्नेछ तर पूर्ण रूपमा विस्थापित गर्न सक्ने छन् । एआईले जब खोस्छ भनेर चिन्ता गर्नेभन्दा पनि भविष्यमा आवश्यक पर्ने नयाँ नयाँ सीप सिकेर आफुलाई अगाडि बढाउनुहोस् ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      